स्पाइडर म्यान र थोर भेरियन्टमा टीभीएस एनटर्क

काठमाडौं । सुपरहिरोका फ्यानको लागि टीभीएसले नयाँ एडिशन एनटर्क १२५ स्कुटर भारतमा सार्वजनिक गरेको छ । कम्पनीले स्पाइडर म्यान र थोर भेरियन्टमा एनटर्क १२५ ल्याएको हो ।

स्पाइडर म्यानको नयाँ मुभी रिलिज भएकै दिन पारेर टीभीएसले नयाँ एडिशन बजारमा उतारेको हो । कम्पनीले थोर र स्पाइडर म्यान भेरियन्ट सार्वजनिक गरेसँगै आइरन म्यान भेरियन्ट भने वेवसाइटबाट हटाएको छ ।

यी दुई भेरियन्टको मूल्य ८४ हजार ८५० भारतीय रुपैयाँ (एक्सशोरुम दिल्ली) रहेको छ । टीभीएस एनटर्क स्पाइडर म्यान भेरियन्टमा रातो र निलो कलर थिम दिइएको छ । स्कुटको फ्रन्ट एप्रोन रातो कलर र फ्रन्ट फेन्डर निलो कलरमा पाउन सकिन्छ । साइड प्यानलमा भने रातो र निलो कलरको मिश्रण देख्न सकिन्छ । त्यस्तै साइड प्यानलमा माकुरा र माकुराको जालोको सिम्वोल पनि देख्न सकिन्छ ।

त्यसैगरी एनटर्क थोर भेरियन्टमा कालो र गे्र कलरको मिश्रण देख्न पाइन्छ । यसमा सुपर हिरोको विभिन्न पक्षहरुसँग मेल खाने विभिन्न अवतारहरु ह्यामर, लाइटनिंग, ग्रे सुट, बग्रेन्डी केप जस्ता सिम्वोल यसको साइड प्यानलमा दिइएको छ ।

एनटर्क स्पाइडर म्यान र थोर भेरियन्ट ग्राफिकका अलावा अन्य खास परिवर्तन गरिएको छैन् । यसको रहेको १२४.८ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिनले ९.२ हर्सपावर र १०.५ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top