लेक्ससको पहिलो इलेक्ट्रीक गाडी एसयूभी हुने

काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटा मोटर्स इलेक्ट्रीक कार उत्पादनको दौडमा सामेल भएको छ । कम्पनीले मास मार्केट ब्राण्डमा टोयोटा र प्रिमियम सेग्मेन्टमा लेक्सस ब्राण्डलाई अगाडि बढाइरहेको छ ।

गत हप्ता मात्र टोयोटाले आफ्नो आगामी इलेक्ट्रीक भेहिकलको योजना सार्वजनिक गरेको थियो । धेरै समयसम्म इलेक्ट्रीकभन्दा हाइड्रोजन फ्यूलसेलमा केन्द्रित रहेको टायोटा बढ्दो इभीको विकास र विस्तारसँगै इलेक्ट्रीक भेहिकलको उत्पादनमा कसिएको हो ।

यसका लागि टोयोटाले चाइनीज फुलफ्लेज इभी कम्पनी बीवाइडीसँग स्ट्राटिजीक पार्टनसीपको लागि संझौँता गरिसकेको छ । यसै सन्दर्भमा टोयोटा मोटर्सको प्रिमियम ब्राण्ड लेक्ससको इभी मोडल पनि आउने घोषणा भएको छ ।

लेक्ससको पहिलो इभी प्रफर्मेन्स ओरियन्टेड एसयूभी हुने बताइएको छ । यसको प्रोडक्सन कोड नेम आरजेड रहेको छ । यो एसयूभीमा डाइरेक्ट फोर सिस्टम रहने छ । जसको सहायताले अगाडिको दुईवटा चक्का, पछाडिको दुईवटा चक्का वा सबै चक्कामा दिइएको पावरले गाडी गुडाउन सकिन्छ । त्यसको लागि गाडीमा दुई मोटर रहने छ ।

कम्पनीले यसमा प्र्रयोग गर्ने मोटर र व्याट्री क्षमताका बारेमा केही जानकारी दिएको छैन । यस कारमा बीवाइडीको ब्लेड व्याट्रीको प्रयोग हुने सम्भावना रहेको छ । जुन व्याट्री सुरक्षा र रेन्जको लागि एकदम अत्याधुनिक मानिन्छ । कम्पनीले लेक्ससको पहिलो एसयूभी आगामी वर्षको पहिलो क्वाटरमा बजारमा उतार्ने अनुमान गरिएको छ ।


Back_to_top