काठमाडौं । डाट्सनको आधिकारी वितरक पायोनियर मोटोकर्पले आगामी पुष १० गतेबाट देशभर एक साथ सर्भिस क्याम्प संचालन गर्ने भएको छ । कम्पनीले यो सर्भिस क्याम्पमा ग्राहकलाई विभिन्न किसिमका अफर दिने भएको छ ।
डाट्सनले बजारमा विक्री गर्दै आएको रेडी गो, गो र गो प्लस मोडल बजारमा उपलब्ध रहेका छन् । कम्पनीले यी गाडीको सर्भिसको लागि दिएको विशेष अफरमा सर्भिसिङ गर्दा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास जस्ता सुविधा उपलब्ध गराउने छ ।
कम्पनीले ९० स्थानमा चेक प्वइन्ट स्थापना गरेर यो सुविधा दिन लागेको जनाएको छ । यो क्याम्पमा आएर एशोसरिज प्रयोग गर्ने ग्राहकले ८० प्रतिशत सम्म छुट पाउने छन् । त्यसैगरी नियमित र उपभोग्य बस्तु तथा पार्टस्हरुमा १० प्रतिशतको छुट पाउने कम्पनीले जनाएको छ ।


