सन् २०२१ मा नेपाल आएका सफल ५ मोटरसाइकल (मूल्य र फिचरसहित)

काठमाडौं । सन् २०२१ ले बिटमार्नै लागेको छ । कोभिड १९ को त्रासमा बितेको वर्ष भएपनि पछिल्ला केही महिना निकै उत्साहपूर्ण रह्यो । यसको समग्र प्रभाव अटोमोवाइल क्षेत्रमा राम्रो देखियो ।

खास गरेर दुई पाँग्रे सेग्मेन्टमा भने झनै उत्साह देखिएको थियो । सन् २०२१ मा विभिन्न कम्पनीले ल्याएका मोटरसाइकलले उत्साहजनक व्यापार गर्न सफल पनि भए ।

नेपाली बजारमा २०२१ मा धेरै नै नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् यी मध्य केही मोडलले राम्रै सफलता पाउन सफल भए ।

१. टीभीएस रेडर

जगदम्वा मोटर्सले २०२१ को अक्टोबर महिनामा नेपालमा विक्री सुरु गरेको मोटरसाइकले अप्रत्याशित व्यापार गर्न सफल भयो । १२५ सीसी क्षमताको इन्जिन भएको टीभीएस रेडर लुक्स, पावर, मूल्य र फिचरका कारण सफल भएको हो ।

टीभीएस रेडरमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ११.२२ हर्स पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलले ०–६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउने कम्पनीले जनाएको छ ।

यसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ । उच्च माग कै कारण ग्राहकले बुकिङ गरेर यो मोटरसाइकल खरिद गर्नु पर्ने अवस्था छ ।

२. आरटीआर २०० फोर भी आरटी एफआई

टीभीएसकै अपाचे आरटीआर २०० फोर भी आरटी एफआई २०२१ मा नेपाल आएको नयाँ मोडल हो । कम्पनीले बीएस ६ इन्जिनमा ल्याएको यो मोटरसाइकल २०० सीसी सेग्मेन्टमा नै सबैभन्दा धेरै फिचर भएको मोटरसाइकल हो ।

यो मोटरसाइकलमा १९७.८ सीसी सिंगल सिलिन्डिर लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यसले ८५०० आरपीएममा २०.२ बीएच पावरका साथै ७००० आरपीएममा १६.८ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ, भने ५ स्पीड गियरबक्ससँगै एआरटी स्लिपर क्लच छ ।

यसमा फ्युल गेज, पिलिन ग्राबेल, इन्जिन किल स्विच, घडी, डिजिटल ट्रिप मिटर, ट्रिप मिटर, स्मार्ट कनेक्ट र पास लाइट जस्ता अत्याधुनिक फिचर दिइएको छ । साथै यो मोटरसाइकल २०० सीसी सेग्मेन्टमा नै पहिलो राइडिङ मोड भएको मोटरसाइकल हो । यी सबै कारण यसले सफलता पाइरहेको छ । यसको मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ ।

३. होन्डा सीबी ३५०

होन्डा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले २०२१ मा ३५० सीसी सेग्मेन्टमा दुई मोटरसाइकल नेपाल ल्याएको थियो । कम्पनीले नेपाल ल्याएको होन्डा हाइनेस सीबी ३५० ले ग्राहकको मन जित्न सफल भएको छ ।

यो मोटरसाइकलमा ३५० सीसी क्षमताको ओएचसी सिंगल सिलिण्डर एफआई इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा २१.०७ पीएस पावर र ३००० आरपीएममा ३० एनएम टर्क प्रदान गर्छ ।

यस मोटरसाइकलमा उपलब्ध रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू इम्पीटी सूचित गर्ने डिजिटल कन्सोल, रिङ्ग टाइप विंकर सहितको एलइडी हेडल्याम्प र टेलल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच, डिजिटल मिटर उपलब्ध रहेका छन् । यसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

४. केटीएम २५० एड्भेन्चर

केटीएम मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले २०२१ मा सार्वजनिक गरेको एड्भेन्चर २५० लोकप्रिय एड्भेन्चर मोटरसाइकल भएको छ । नेपालमा बढ्दो एड्भेन्चर राइडिङ कल्चरलाई मध्य नजर गर्दै कम्पनीले नेपाल ल्याएको यो मोटरसाइकल युवावर्गको रोजाइमा पर्न सफल भएको हो ।

केटीएम २५० एड्भेन्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर लिएको छ । यसको मूल्य ८ लाख १९ हजार रुपैयाँ रहेको छ ।

५. यामाहा एमटी १५ बीएस ६

यामाहाको नेपालको लागि आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले केही महिना अधि मात्र नेपाली बजारमा भित्र्याएको एमटी १५ को बीएस ६ भसर्न अहिले पाउनै मुस्कील रहेको छ । यो मोटरसाइकल खरिद गर्नका लागि ग्राहकले लामो समय प्रतिक्षा गनुपर्ने हुन्छ । आर्कषक तथा नेपालका लागि नौलो डिजाइन रहेको यो नेकेड स्र्पोटस् मोटरसाइकल नेपाली युवामाझ निकै लोकप्रिय रहेको छ ।

 

यो मोटरसाइकलमा उपलब्ध बीएस ६, १५५.१ सीसी एचओएचसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिनले १०००० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० सय आरपिएममा १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्सको साथै स्टान्डर्ड स्लिपर क्लच लगाइएको छ ।

एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, यामाहा आर १५ भी ३.० मा उपलब्ध आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ । साथै मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ । यसको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top