सिट्रोन सी५ एयरक्रसको नयाँ अवतार, यस्ता छन् परिवर्तन

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी पिएसए ग्रुप अन्तर्गतको सिट्रोन ब्राण्डले आफ्नो प्रिमियम मिडसाइज एसयूभी एयरक्रस सी–५को फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । कम्पनीले फेसलिफ्ट सी-५को एक्टेरियरमा थुप्रै परिमार्जन गरेको छ भने फिचर समेत थपेर ल्याएको हो ।

सन् २०२२ को सुरुवातमा नै आएको एयरक्रस सी-५ पहिलाको भन्दा आधुनिक देखिएको छ । मुख्य परिवर्तन फ्रन्ट ग्रिलमा गरिएको छ । यसमा पहिलाको भन्दा सानो तर, आधुनिक देखिने ग्रिल दिइएको छ ।

यसमा अर्को परिवर्तन भने हेडलाइटमा देख्न सकिन्छ । फेसलिफ्ट मोडलमा स्प्लीट हेडलाइट छैन । यसको एलइडी डिआरएल भने हेडलाइट भन्दा माथि दिइएको छ । ग्रिलको बीचमा प्यारलल् टल्कीने स्टाइप पाउन सकिन्छ । यसले बीचमा रहेको सिट्रोनको लोगो हुँदै दुबै साइडको हेडलाइटमा जोडिएको देखिन्छ ।

यसको बम्पर पनि रिडिजाइन गरिएको छ । रिडिजाइन बम्परले एसयूभीलाई थप स्पोर्टी लुक्स दिएको छ । अर्को परिवर्तन यसको ओआरभीएममा देखिएको छ । यो अहिलेको मोडलमा ग्लसी ब्ल्याक रहेको छ । यो एसयूभीमा नयाँ डिजाइनको १८ इन्चको अलोय ह्वील समेत रहेको छ ।

यसको रियर टेललाइट क्लष्टर पनि केही परिवर्तन देखिएको छ, जसमा व्ल्याक टिन्टेड ग्लासको पछाडि फ्रेस एलइडी ग्राफिक्स दिएको छ । यसको ड्यासबोर्डमा पनि धेरै परिवर्तन देख्न सकिन्छ ।

अहिलेको डिजाइनमा ड्यासबोर्डको बीचमा फ्लोटिङ १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले रहेको छ । बीचको एसिभेन्ट अब स्कृन भन्दा तल सारिएको छ । अर्को परिवर्तन गियर लिभरमा भएको देखिन्छ । गियर लिभरको ठाँउमा सानो सुइच दिइएको छ । यसबाटै गियर चेन्ज गर्ने सकिन्छ । थप यूएसबी पोर्ट, एक्टा स्टोरेज कम्पार्टमेन्ट, ड्राइभिङ मोड यसमा थपीएका नयाँ फिचरहरु हुन् ।

अपडेटट एयरक्रस युरोपियन बजारमा यसै वर्षदेखि विक्री सुरु हुनेछ । नेपालमा पनि सिटोनको एयरक्रस विक्री भइरहेकोले अब फेसलिफ्ट मोडल चाँडै आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top