येज्दी मोटरसाइकल आज सार्वजनिक हुँदै, जावाको शोरुमबाट विक्री हुने

काठमाडौं । क्लासिक लेजेन्डको उपमा पाएको कम्पनी येज्दी ब्राण्ड आज पुनः भारतीय बजारमा सार्वजनिक हुँदैछ । येज्दीका स्क्रायम्बलर, क्रुजर र एडभेन्चर गरी तीन मोडलका मोटरसाइकल आज सार्वजनिक हुने भएको हो ।

लामो सयम बन्द रहेको येज्दी महिन्द्राले खरिद गरेको थियो । महिन्द्राले जावा, येज्दी र बीएसए ब्राण्ड किनेको हो । जावा ३ वर्ष पहिला पुनः विक्रीमा आइसकेको छ भने येज्दी आज सार्वजनिक हुँदैछ । कम्पनीले बीएसए ब्राण्डसमेत चाँडै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

भारतीय बजारमा कम्पनीले जावाकै शोरुमबाट यसको विक्री गर्ने भएको छ । नेपाली बजारमा समेत जावाको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इंकले येज्दी नेपाल भित्र्याउने तयारी गरिहेको छ ।


Back_to_top