नयाँ बेनेली टीआरके २५१ नेपाली बजारमा, ३६ हजार मूल्य बढ्यो

काठमाडौं । केटीएम इन्टरनेशनले नेपाली बजारमा नयाँ भर्सन बेनेली टीआरके २५१ सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा भित्र्याएको टीआर २५१ यूरो ५ मापदण्डको हो ।

टीआरके २५१ एड्भेन्चर मोटरसाइकल रहेको छ । यसमा २४९ सीसी सिंगल सिलिन्डर, ४ भल्भ, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसले ९२५० आरपीएममा २५.४७ बीएच पावर तथा ८००० आरपीएममा २१.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यो मोटरसाइकलमा एड्भेन्चर मोटरसाइकल सुहाउँदो  २०० एमएमको ग्राउण्ड क्लियरेन्स दिइएको छ । त्यस्तै अनरोड तथा अफरोड दुबैका लागि एडजष्ट गर्न सकिने सस्पेन्सन सेटअप दिइएको छ ।

सुरक्षा फिचरका लागि यसमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ । टीआरके २५१ को मूल्य ८ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । यस अघि नेपाली बजारमा उपलब्ध टीआरके २५१ को मूल्य ३६ हजार रुपैयाँले वृद्धि भएको हो ।

यो मोटरसाइकलले केटीएम एड्भेन्चर २५० सँग प्र्रतिस्पर्धा गर्नेछ । केटीएम २५० एड्भेन्चरको मूल्य ८ लाख १९ हजार रुपैयाँ रहेको छ ।

 


Back_to_top