काठमाडौं । अटोमोटीभ कम्पनी जैष्णवी ग्रुपले याक ब्रान्डको इलेक्ट्रीक बाइक नेपालमै एसेम्बल गर्ने घोषणा गरेको छ । जैष्णवी समूहले अहिले बजारमा उपलब्ध अन्य इलेक्ट्रीक बाइकको तुलनामा धेरै विशेषता र कम ऊर्जाको खपत गर्ने मोटरसाइकल बनाउने घोषणा गरेको हो ।
कम्पनीले याक ब्राण्डमा ल्याउने सवारीसाधन चिनियाँ इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी उत्पादक ‘बेन्ल्ग’को उत्पादन हुन् । ती साधन नेपाल ल्याएर कम्पनलिे एसेम्बल गर्ने तयारी गरेको हो ।
उक्त इलेक्ट्रीक मोटरसाइकल केही महिना पश्चात् नेपाली बजारमा विक्रीका लागि उपलब्ध हुने बताइएको छ । यी बाइकको मूल्य र अन्य फिचर समेत पछि नै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ इलेक्ट्रीक बाइकहरू एसेम्बल र विक्री वितरण गर्ने छ । कम आय भएका र बेरोजगार ५०० युवाहरुलाई रोजगारी सिर्जना गर्ने र तालिम दिएर काममा लगाउने कम्पनीले घोषणा गरेको छ ।
याक बाइक विद्युतीय सवारीसाधनमा अद्वितीय अवधारणा र कम्पनीको इन्जिनियरिङ प्रगतिको प्रशंसा गर्न लायक हुने कम्पनीले दावी गरेको छ । याक बाइकको मुख्य विशेषता भनेको यसको असाधारण डिजाइन र राइडको अनौठो स्टाइल भएको कम्पनीको दावी छ ।
कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने र यसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पु¥याउने बताएको छ ।


