रेनोले नयाँ एसयूभी ‘कोलियस’ ल्याउने

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले मिडसाइज एसयूभी कोलियसको परिक्षण सुरु गरेर बजारमा आउने संकेत दिएको छ । भारतमा क्वीड, ट्राइबर र काइगर जस्ता साना गाडी विक्री गर्दै आएको रेनोले नयाँ जेनेरेन डस्टर र कोलियस एसयूभी बजारमा ल्याउने तयारी गरेको हो ।

रेनोले कोलियसको सेकेन्ड जेनेरेशन मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसलाई कम्पनीले भारतमा पनि परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएको थियो ।

रेनोले सन् २०११ मै कोलियसको पहिलो जेनेरेशन भारतमा विक्री गरेको थियो । तर, ग्राहकले यसमा कुनै चासो नदेखाएपछि केही समयपछि नै यसको विक्री बन्द गरिएको थियो । नयाँ जेनेरेशन कोलियस रेनो–निसान–एलायन्स अन्तर्गतको सीएमएफ प्ल्याटफर्ममा उत्पादन भएको एसयूभी हो ।

कोलियसको फ्रन्ट फेसियामा स्टाइलिङ फिचर सहितको रेनोको सिग्नेचर ग्रिल रहेको छ । यसको ग्रिलमा व्यापक क्रोमको प्रयोग पाउन सकिन्छ । साथै, स्लीम एलइडी हेडल्याम्प रहेको छ । फ्रन्ट फेसियामै सी सेपको ठूलो एलइडी डिआरएल रहेको छ ।

यसको रियरमा र्याप अराउन्ड टेलल्याम्प क्लस्टर रहेको छ भने, सार्क फिन एन्टेना र दुबै साइडमा देखिने मेटालीक फ्ल्क्स व्यास प्लेटले यो एसयूभी स्पोर्टी देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कोलियसको दुईवटा पेट्रोल र दुईवटा डिजल इन्जिन अप्सन पाउन सकिन्छ । यसमा ६ स्पीडल म्यानुअल तथा रेनो–निसानको एक्सट्रोनीक सीभीटी गियरबक्स उपलब्ध रहने छ ।

टप भेरियन्टमा अल ह्वील ड्राइभ सिस्टम समेत उपलब्ध रहने छ । बजारमा कोलियसको प्रतिस्पर्धा होन्डाको सिआरभी र हुन्डाईको टुसान तथा जीपको कम्पाससँग हुनेछ । भारतमा उत्पादन भएको खण्डमा रेनोको नयाँ एसयूभी नेपाल पनि आउने छ ।


Back_to_top