काठमाडौं । भारतमा जनवरी २०२२ मा भएको होलसेल विक्री तथ्यांक सार्वजनिक भएको छ । नयाँ सार्वजनिक भएको तथ्यांकमा टाटा मोटर्सले छलाङ लगाएको छ भने हुन्डाई, किया र टाटाका दुई दुई मोडल टप १० मा पर्न सफल भएका छन् ।
भारतीय एसयूभी एक्सपर्ट महिन्द्राका ३ मोडल टप १० भित्र अटाएका छन् । मारुती सुजुकीको ब्रेजा पनि धेरै विक्री हुने एसयूभीको सूचीमा छ ।
टाटाले पहिलो स्थान कब्जा गर्दा १३ हजार ८१६ यूनिट नेक्सन विक्री गर्न सफल भएको छ । किया सेल्टोस ११ हजार ४८३ यूनिट सहित दोस्रो स्थानमा छ भने, हुन्डाई भेन्यू ११ हजार ३७७ यूनिट सहित तेस्रो स्थानमा छ ।
टाटाको नयाँ माइक्रो एसयूभी १० हजार २७ यूनिट सहित चौथो र हुन्डाई क्रेटा ९ हजार ८६९ यूनिट सहित पाँचौ स्थानमा रहेको छ । छैटौ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ यूनिट र सातौ स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ यूनिट विक्री भएको छ ।
सूचीको आठौं स्थानमा महिन्द्रा थार, नवौं स्थानमा महिन्द्रा एक्सयूभी ३०० र दसौं स्थानमा महिन्द्रा एक्सयूभी ७०० रहेका छन् । महिन्द्राका यी तीनवटै एसयूभीको विक्री क्रमशः ४ हजार ६४६, ४ हजार ५५० र ४ हजार ११९ यूनिट रहेको छ ।
यसपटक धेरै विक्री हुने १० मोडलको सूचीमा रेनो काइगर, निसान म्याग्नाइट, फक्सवागेन टाइगुन र स्कोडा कुशकले आफ्नो स्थान पक्का गर्न सकेनन् ।

