काठमाडौं । लाइट कमर्शियल गाडीको व्यापारमा आक्रमक रणनीति तयार गरेको अशोक लेलैण्डको आधिकारिक वितरक आईएमई मोटर्सले आईएमई स्वरोजगारी अभियान अन्तर्गत ‘गुरुजीबाट साहुजी’ अभियान संचालन गरेको छ ।
यस अभियान अन्तर्गत लाइट कमर्शियल गाडी किन्ने ग्राहकले विना धितो गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा पाउने छन् । साथै, यस स्कीममा दोस्तका विभिन्न रेन्ज खरिद गर्ने ग्राहकले ३ किस्ता बराबरको रकम छुट पाउने छन् भने व्याजदर पनि आकर्षक रहने कम्पनीले जनाएको छ ।
विशेषत नेपालमा नै गाडी चलाई रहेका र विदेशमा पनि लामो समय गाडी चलाएर फर्किएका ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो स्कीम संचालनमा ल्याएको आइएमई मोटर्सका सीईओ हेमन्त पुरेनिकले मेरोअटोलाई बताए ।
‘नेपालमै काम गर्ने वातावरण छ, यहाँ मिहिनेत गर्नेलाई सहयोग गर्नेपनि छन् भन्ने पुष्टि गर्न पनि कम्पनीले चालक केन्द्रित योजना ल्याएको हो’, सीईओ पुरेनिकले भने ।
यो अफर सिमित अवधि र संख्यामा लागु हुने कम्पनीले जनाएको छ ।


