काठमाडौं । महिन्द्राले तीन नयाँ इलेक्ट्रीक एसयूभीको टिजर सार्वजनिक गरेको छ । ‘महिन्द्रा एड्भान्स डिजाइन यूरोप’ डिभिजनले तीन नयाँ इलेक्ट्रीक एसयूभीको टिजर सार्वजनिक गरेको हो ।
महिन्द्राको डिजाइन हेड प्रताप वोसको नेतृत्वमा तयार भएका यी तीन एसयूभीको प्रोटोटाइप जुलाई २०२२ मा सार्वजनिक हुने कम्पनीले जनाएको छ । यी तीन एसयूभीमा एउटा कम्प्याक्ट एसयूभी, अर्को मिडसाइज एसयूभी र कूपे डिजाइन एसयूभी हुने छन् ।
महिन्द्राले सार्वजनिक गरेको टिजरमा एसयूभीको सम्पूर्ण पार्टस् देखाइएको छैन । गाडीको अगाडि र पछाडि नै अंग्रेजी अक्षर सी आकारको लाइट दिइएको छ । तीनवटा एसयूभीलाई एकै लाइनमा राखेर देखाइएको छ ।
महिन्द्राको ‘वर्न इलेक्ट्रीक’ प्लेटफर्ममा तयार हुने यी एसयूभी एक्सयूभी ७००, एक्सयूभी ९०० कुप्पे र इएक्सयूभी ३०० हुने अनुमान गरिएको छ । तर, यी तीन वटै गाडीको बारेमा थाहा पाउन भने अझै करिब ५ महिना कुर्नु पर्ने हुन्छ ।

