काठमाडौं । विद्युतीय गाडीको विक्रीमा आएको वृद्धिसँगै हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिलो इलेक्ट्रीक कारको लागि डेडिकेटेड शोरुम संचालमा ल्याएको छ । कम्पनीले काठमाडौंको थापाथलीमा ‘स्टेट अफ दी आर्ट’ शोरुम संचालनमा ल्याएको हो ।
कम्पनीले आजबाट नयाँ शोरुमसँगै हुन्डाई आयोनीक ५ इभीको पनि विक्री आरम्भ गरेको छ । इलेक्ट्रीकको डेडिकेटेड प्लेटफर्म ‘इ–जीएमपी’ ८०० भोल्ट आर्किटेक्टमा तयार भएको आयोनीक ५ नयाँ शोरुमबाट विक्री सुरु गरेको हो ।

नयाँ शोरुममा कम्पनीले आयोनीक ५, आयोनीक सेडान र कोना क्रसओभर राखेर विक्री सुरु गरेको छ । साथै हुन्डाईले भविष्यमा ल्याउने इलेक्ट्रीक कार पनि यही शोरुम मार्फत विक्री गर्ने योजना बनाएको छ । नयाँ शोरुमले विद्युतीय गाडी किन्ने ग्राहकलाई नयाँ अनुभव प्रदान गर्नेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले यो शोरुम निर्माण गर्दा विभिन्न किसिमका खेरगएका सामानहरुलाई रिसाइलगरी सहि तरिकाले प्रयोग गरेरको जनाएको छ । नेपालको अटोमोवाइल बजारमा सधैँ फरक प्रयोग गर्दै आएको हुन्डाईले नयाँ शोरुम मार्फत पुनः नयाँ गर्न खोजेको देखिन्छ ।

शोरुममा प्रयोग भएका अधिकांश बस्तुहरु वातावरणमैत्री रहेका छन् । पानी राख्ने बोटलदेखि गमलामा राखिएको हरियालीले ग्राहकलाई नयाँ फिल दिन्छ । साथै कम्पनीले विद्युतीय गाडीको प्रयोग बढाउँदै संयुक्त राष्ट्रसंघको ‘दिगो विकासको लक्ष्य’ प्राप्तीमा जिम्मेवार भएर लाग्ने जनाएको छ ।

हुन्डाई नेपालमा सबैभन्दा प्रिमियम विद्युतीय कार ल्याएर विक्री गर्ने मोडल हो । ठूला गाडीको बजारमा हुन्डाई कोनाको प्रवेश विक्रीलाई ठूलो खुड्किलो मानिन्छ ।


