हाइब्रिड इन्जिनको कारण किया सोरेन्टोले सफलता पाउँदै

काठमाडौं । हाइब्रिड कार नेपालमा पनि बिस्तारै सफल हुँदै गएका छन् । टोयोटा  र्‍याभ फोर हाइब्रिडको सफलतासँगै कियाले नेपाल ल्याएको हाइब्रिड सोरेन्ट अहिले निकै चर्चामा रहेको मोडल हो ।

नेपालमा सन् २०१९ मा नै टोयोटाले र्‍याभ फोर हाइब्रिड ल्याएको थियो । त्यसपछि नेपालमा बीएमडब्लूले आफ्ना अधिकांश मोडल प्लगइन हाइब्रिड टेक्नोलोजीमा उपलब्ध गराएको थियो । केही समय पहिला नेपाल आएको मित्सुवीसी आउटल्याण्डर प्लगइन हाइब्रिड पनि राम्रो संख्यामा विक्री हुँदै आएको छ ।

कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले विक्री गर्दै आएको सोरेन्टो हाइब्रिडमा ‘द लार्जेस्ट हाइब्रिड एसयूभी’ अवधारणालाई निकै दमदार तरिकाले लागु गरेको देख्न सकिन्छ ।

सोरेन्टो हाइब्रिडको लम्बाई ४८१० एमएम, चौडाई १९०० एमएम र उचाई १६९५ एमएम रहेको यो एसयूभीमा २८१५ एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसमा ६७ लिटर क्षमताको इन्धन ट्याङकी पाउन सकिन्छ ।

२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटीक मोटरसहितको १.४९ किलोवाट आवरको ब्याट्री छ । यसमा रहेको हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ । जुन तारमार्फत फुल गियरबक्समा परिवर्तन हुन्छ र ड्राइभिङलाई रोमाञ्चकारी बनाउँछ ।

नयाँ सोरेन्टोको माइलेज उत्कृष्ट रहेको छ । यसमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि छ । नयाँ सोरेन्टोमा स्टेशनरी पोजिसनमा छलाङ मार्न विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ । सुरुमा किया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टाको स्पीडमा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ । गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्छ ।

एडास सेफ्टी सिस्टम सहित सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनीक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले गाडीलाई सुरक्षीत बनाएको छ । सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा यसलाई चलाउन सकिन्छ । प्रिमियम इन्टेरियर, फराकिलो ग्रिल, एलइडी लाइटको संयोजन यसमा पाउन सकिन्छ ।

१२.३ इन्चको अल–डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर र ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजी, ३६० डिग्री क्यामेरा, नाप्पा लेदरको प्रयोग भएको इन्टेरियर, मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रीक सिट, यूरो ६ मापदण्डको इन्जिनले सेरेन्टो हाइब्रिडलाई लग्जरी र वातावरणमैत्री बनाएको छ ।

ठूलो बडी साइज, १९ इन्चको अलोय ह्वील, डुअल एलइडी प्रोजेक्सन हेडल्याम्प्स, फुल पानोरमिक सनरुफ दिइएको नयाँ सोरेन्टो हाइब्रिड एययूभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top