यस्तो छ ‘हाइपर एक्स-२५०’ मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । एशियन बिस्ट मोटरसाइकल नेपालमा फेरी आएको छ । एशियन अटोमोवाइल्सले आधिकारीक वितरकको रुपमा एशियन बिस्टका दुई मोडल सहित पुनरागमन गरेको हो ।

कम्पनीले करिव दुई महिना अगाडि हाइपर एक्स-२५० र एबी-२५० भी १ सार्वजनिक गरेको थियो । हाल कम्पनीले हाइपर एक्स-२५० विक्री गरिहेको छ भने एबी-२५० भी १ केही समय पश्चात् बजारमा उपलब्ध हुने जनाएको छ ।

नेपाली बजारमा डर्ट मोटरसाइकलको क्रेज बढ्दै गएसँगै एशियन बिस्टले नयाँ मोडल सार्वजनिक गरेको हो । कम्पनीले काठमाडौंको नयाँ बजारमा शोरुम स्थापना गरेर विक्री सुरु गरेको हो ।

एशियन बिस्ट हाइपर एक्स-२५० मा २४९.६ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा ३०.२ बीएच पावर तथा ७००० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

एशियन बिस्ट हाइपर एक्स-२५० मा ८.५ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ । त्यस्तै यो मोटरसाइकलको सिटहाइट ९४५ एमएम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स ३३० एमएम रहेको छ ।

यो मोटरसाइकलको फ्रन्टमा १८ इन्च र रियरमा १७ इन्चको स्पोक ह्वील दिएको छ । यसको दुबैतर्फ डिस्क ब्रेक उपलब्ध छ । यो मोटरसाइकलको तौल ११२ किलोग्राम रहेको छ ।

एशियन बिस्ट हाइपर एक्स २५०को मूल्य ५ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मोटरसाइकल खरिद गर्ने ग्राहकले ५ हजार नगद छुट तथा स्क्रयाचमार्फत १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

हाइपर एक्स-२५० सार्वजनिक भएको छोटो समयमा नै २५ यूनिट भन्दा धेरै विक्री भइसकेको र ग्राहकले हाइपरलाई मनपराएको कारण आफुहरु उत्साहित भएको एशियन अटोमोवाइल्सका निर्देशक आर्यन थपलियाले जानकारी दिए ।

यो मोटरसाइकलको प्रतिस्पर्धा क्रसफायर, सीएक्स मोटो र मोटरहेडका मोटरसाइकलसँग हुनेछ ।


Back_to_top