काठमाडौं । साँग्रिला मोटर्सले फ्रान्समा बनेको प्यूजो ५००८ नेपाल ल्याएको छ । कम्पनीले नेपाल ल्याएको प्यूजो ५००८ जीटी लाइन भेरियन्ट हो ।
प्यूजो ५००८ मा १.६ लिटर फोर सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १६४ पीएस पावर प्रदान गर्छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टमको साथ क्रोलमोड पनि उपलब्ध रहेको यो एसयूभी निकै आक्रमक र बल्की डिजाइनमा तयार भएको हो ।
नेपालमा यसको विक्री सुरु गर्ने तयारी गरिरहेको कम्पनीले मूल्य भने १ करोड ६६ लाख रुपैयाँ निर्धारण गरेको छ ।
एसयूभीमा १८ इन्चको अलोय ह्वील, ३६० डिग्रि क्यामेरा, एडाप्टीभ क्रुज कन्ट्रोल, साइकल यात्री डिटेक्सन सिस्टम, लेन किप एसिस्ट, ब्लाइन्ड स्पार्ट मोनिटरिङ जस्ता हाइटेक फिचर पाउन सकिन्छ ।
काठको प्रयोग गरेर तयार भएको ड्यासबोर्ड, १२.३ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक लुक्समा गियर नब, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, नापा लेदर सिट, पानारोमीक सनरुफ र प्रिमियम लुक्समा क्यावीन तयार भएको छ ।
यद्यपि नेपाल आएको मोडलमा के के फिचर छन् भन्ने विषयमा कम्पनीले आधिकारीक जानकारी भने दिएको छैन ।

