काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेस्थित बागमती नदिमाथि अत्याधुनिक ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गरिरहेको छ । बिजुलीबजारमा १२ करोड लगानीमा निर्माण भैरहेको ५० मिटर लामो पुलको जिम्मेवारी जेई कन्स्ट्रक्सनलाई दिइएको छ ।
आयोजनाले बागमती नदिमाथि २१ करोड लगानीमा निर्माण गर्ने भएको ८५ मिटर लामो पुलको कार्य पनि सुचारु भैसकेको छ । यसको जिम्मेवारी भने भारतको पप्पु कन्स्ट्रक्सनलाई दिइएको हो ।
आयोजनाका प्रमुख विश्व विजयलाल श्रेष्ठकाअनुसार बिजुली बजारको पुल निर्माणको काम आगामी माघ महिनासम्ममा सम्पन्न हुनेछ । अन्य पुलको तुलनामा फरक विशेषता र स्वरुप बोकेको आर्क ब्रिजको निर्माणपश्चात् ट्राफिक जामको समस्या केही कम हुने उनले बताए ।
आधुनिक प्रविधिको प्रयोगमार्फत् निर्माण भएको यो पुल पिल्लर राखेर निर्माण गर्न पुलभन्दा बलियो र सजिलो मानिन्छ । पुलमा आरसीसी (रड, सिमेन्ट, गिट्टी, बालुवा) प्रविधिबाट आर्क बनाइन्छ ।
जापान, अमेरिका, अस्ट्रेलियालगायतका देशमा निक्कै रुचाइएको आर्क ब्रिज निर्माणको प्रविधिलाई नेपालमा पहिलोपटक भित्र्याइएको हो । आर्क ब्रिजले अत्याधुनिक सुविधामात्रै नदिई सहरको सौन्दर्यतामा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्, आयोजना प्रमुख श्रेष्ठ ।
के हो नेटवर्क आर्क ब्रिज ?
श्रेष्ठकाअनुसार नेटवर्क आर्क ब्रिजको माथिल्लो तह अर्धवृत्ताकार संचरनामा निर्माण गरिन्छ । यसमा, नेपालमा बन्ने गरेका अन्य पुलकोजस्तो बीचमा पिल्लर राखिँदैन । पिल्लरको सट्टा राखिने ‘अब्यूटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सिङ गरिन्छ ।
यसमा लगाइने नेटवर्क तारले पुलको भारत वाहन क्षमतामाथि र तल गरेको सन्तुलनमा ल्याउने उनले बताए । पुलको बीचमा गार्डनर राखिन्छ ।
‘यसमा राखिएको आर्कलाई ‘अब्यूटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत् नै पुलको भार बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्यूटमेन्ट’मा पर्छ ।’ मेरोअटोसँग कुरा गर्दै श्रेष्ठले भने ।
पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । आधुनिक प्रविधिको प्रयोगमार्फत् निर्माण भएको यो पुल पिल्लर राखेर निर्माण गर्न पुलभन्दा बलियो र सजिलो मानिन्छ । पुलमा आरसीसी (रड, सिमेन्ट, गिट्टी, बालुवा) प्रविधिबाट आर्क बनाइन्छ । पुलको सडक भागमा पीच वा आरसीसी नै गरिन्छ भने, पुलको सडक भागमा पीच वा आरसीसी नै गरिन्छ उनले भने ।
पुल निर्माणपश्चात् पुलको छेउतर्फ पूmटपाथ पनि राखिनेछ । जसमा पैदलयात्रुलाई हिँड्न सहज हुनेछ । एउटा आर्क ब्रिज १० मिटर फराकिलो हुनेछ । यसअनुसार दुईतर्फ ब्रिज हाल्दा पुलको चौडाई अहिलेकोभन्दा २० मिटर फराकिलो हुने श्रेष्ठले बताए ।
बिजुलीबजारमा निर्धाणाधीन पुलको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । तीनकुनेको काम सुरुवात भए तापनि कामले गति लिनसकेको छैन । माघसम्ममा काम सम्मन्न गर्ने योजना बनाइएको छ ।

