‘गुडनाईट मलेसियन थ्रीसेभेनजेरो’सँगै उल्झेको आधुनिक हवाई यात्राको अनसल्भ मिस्ट्री

मलेसियन एयरलायन्सको फ्लाइट एमएच–३७० मलेसियाको क्वालालम्पुरबाट ८ मार्च २०१४ मा चीनको बेइजिङका लागि उड्छ, यसको बेइजिङमा बिहान ६ः३० मा ल्यान्डिङ समय थियो । तर जहाज उडेको ४० मिनेटपछि सम्पर्क विहिन हुन्छ ।  

एमएच–३७० मा यात्रा गर्ने यात्रुहरूका परिवारको अन्तिम आश भनेको उनका परिवारका सदस्य यात्रा गरेको जहाजमा के भएको थियो भन्ने जान्न पाउने थियो । 

त्यो आश हिजो मलेसियन सरकारले प्रस्तुत गरेको विस्तृत प्रतिवेदनपछि समाप्त भएको छ । सबैले गरेको शंकाको विपरीत छानविन समितिका प्रमुख डा. कोक सु चेनको ११ सय पृष्ठ लामो प्रतिवेदनकाअनुसार जहाजलाई म्यानुअल्ली गतल रूटमा लगेको देखाइएको छ तर दाेशी काेहिपनी पार्इएकाे छैन। 

क्वालम्पुरको एयर कन्ट्रोल टावरले ३५ हजार फिटमा उड्न र भियतनामको होचिमीन कन्ट्रोल टावरमा सम्पर्क राख्न निर्देशन दिएको थियो । त्यसको उत्तरमा एमएच–३७० ले ‘गुडनाइट मलेसियन–३७०’ भनेको थियो । 

पाइलटको व्यक्तिगत इतिहासबारे अनुसन्धान गर्दा उनले आत्महत्या गर्नका लागि जहाजलाई डाइभर्ट गरेको प्रमाणित गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । प्राविधिक तथा बाहिरी कारणले केही खतरा भएको भए पनि पाइलटले कहिँ कुनै सूचना वा मेडेम्यासेज गरेको देखिँदैन । त्यस्तै, जहाज अपहरणमा परेको हो भने पनि यतिका वर्षसम्म कसैले अपहरणको जिम्मा लिएको छैन । अझ ४० मिनेटको उडानपछि कसले किन ट्रान्सपोनडर बन्द गर्यो  यसको बारेमा पनि प्रतिवेदन मौन रहेको छ ।

यस यात्रामा चालकदलका सदस्यहरू सहित २३९ जना यात्रुहरू सवार रहेका थिए । विमान रातको १२ः४० मा टेकअफ गरेको थियो । यो जहाज निर्धारित रुटमा उत्तरपूर्वी दिशामा उडान गर्दै ४० मिनेटमा मलेसियाको एयरस्पेस सीमा पार गरेको थियो ।

क्वालम्पुरको एयर कन्ट्रोल टावरले ३५ हजार फिटमा उड्न र भियतनामको होचिमीन कन्ट्रोल टावरमा सम्पर्क राख्न निर्देशन दिएको थियो । त्यसको उत्तरमा एमएच–३७० ले ‘गुडनाइट मलेसियन–३७०’ भनेको थियो । यही शब्द नै यस फ्लाइटको अन्तिम शब्द सावित भयो । 

त्यसपछि यो फ्लाइट कहिँ/कतै सम्पर्क आएन र आकाशमै गायव भयो । आजसम्मको हवाई क्षेत्रको इतिहासमा यस्तो घटना पहिलोपटक भएको हो । कुनै विमानको अचानक सम्पर्क टुट्नु र गायव हुनुलाई विमान दुर्घटनामा परेको सहजै अनुमान लगाइन्छ । तर, एमएच–३७० को केश अत्यन्त अनौठो रह्यो । 

 बहुराष्ट्रिय खोजकर्ताहरूको ठूलो समूह, जसमा ६४ जहाज तथा २९ पानीजहाजले दक्षिण चीनको समुन्द्रमा व्यापक खोजी गरे । तर, कहिँ कतै जहाजको एक टुक्रा वा केही वस्तु भेटाउन सकेनन् ।

बोईङ कम्पनीले निर्माण गरेकाे विमान बोईङ ७७७ एक अत्याधुनिक विमान हो, अहिले विश्वको आकाशमा १२ सयभन्दा बढी यो माेडलका विमान उडिरहेको छ । उक्त जहाजको कमान्ड क्याप्टेन जहारी अकमत साहले गरेका थिए, जसको १८ हजार घन्टाभन्दा बढी उडान अनुभव थियो । त्यसैगरी, कोपाइलट फरीक अब्दुल हमिद जसको अनुभव २ हजार घन्टाको थियो । 

विश्वका दिग्गज अनुसन्धानकर्ताहरूको समूहले कैयौँ दिनसम्म यो जहाजको कुनै सुराक पत्ता लगाउन सकेनन् । बहुराष्ट्रिय खोजकर्ताहरूको ठूलो समूह, जसमा ६४ विमान तथा २९ पानीजहाजले दक्षिण चीनको समुन्द्रमा व्यापक खोजी गरे । तर, कहिँ कतै जहाजको एक टुक्रा वा केही वस्तु भेटाउन सकेनन् । 

जहाज समुन्द्रमा खस्दा जहाजको केही टुक्रा वा केही न केही बस्तु पानीमा उत्रने गरेको भेटिने थियो, तर यो केशमा तीन दिनको खोजीमा पनि केही पत्ता लागेन । 

तीन दिनपछि मलेसियन मिलीटरि रडारले नयाँ कुरा प्रकाशमा ल्यायो, जसअनुसार यो फ्लाइट आफ्नो निर्धारित रुटमा नउडी बीचैमा रुट परिवर्तन गरेको थियो । यो जहाज मलेसियाको आकाशबाट फर्केर थाइल्याण्डको किनारातिर गएको देखिएको थियो । त्यसपछि विशाल हिन्द महासागरमा गरिएको खोजीकार्यले पनि केही नतिजा दिन सकेन । 

घटनाको १६ दिनपछि एक बेलायती प्राइभेट स्याटलाइटले एमएच–३७० को केही सिग्नल कैद गरेको रिपोर्ट बाहिर ल्यायो, जसअनुसार सो जहाजले टावरसँगको अन्तिम सम्पर्कपछि ५ घन्टासम्म उडानमै रहेको थियो । 

प्रत्येक जहाजमा विशेष प्रकारको ट्रान्सपोन्डर लगाइएको हुन्छ, जसको सहयोगमा जमिनमा रहेको रडारले जहाजको गति, दिसा तथा उचाईजस्ता जानकारी कन्ट्रोल टावरलाई उपलब्ध गराउँछ । यदि यो टान्सपोन्डरले काम नगरेमा वा जानी/बुझी बन्द गरेमा जहाजको वास्तविक अवस्था पत्ता लगाउन सकिँदैन । यस जहाजमा पनि ४० मिनेटको उडानपछि ट्रान्सपोन्डरबाट कुनै सिग्नल प्राप्त भएको थिएन । 

त्यस्तै, जहाजमा पाइलटसँग सबै समय सञ्चारका लागि विभिन्न उपकरण रहेको हुन्छ । तर, यो जहाजको पाइलटहरूले कहिँ कतै सम्पर्क गर्ने प्रयास नै गरेको देखिँदैन । 

घटनाको १६ दिनपछि एक बेलायती प्राइभेट स्याटलाइटले एमएच–३७० को केही सिग्नल कैद गरेको रिपोर्ट बाहिर ल्यायो, जसअनुसार सो जहाजले टावरसँगको अन्तिम सम्पर्कपछि पनि ५ घन्टासम्म उडानमै रहेको थियो । सोही आधारमा खोजीकर्ताहरूले अस्ट्रेलिया नजिककाे समुन्द्रमा जहाजको केही टुक्रा फेला पारेका थिए ।

 

यो खोजी विश्वकै सबभन्दा ठूलो सामूहिक खोजको रुपमा सञ्चालन भएको थियो, जसमा २६ देशका हजारौँ एक्सपर्टहरूले लाखौँ डलर खर्च गरेर विश्वमा उपलब्ध स्रोत र साधन प्रयोग गरेर ३ वर्षसम्म खोजी गर्दा पनि केही सुराक पाउन सकेनन् र अन्त्यमा २०१७ जनवरीमा यो खोजीकार्य बन्द गरिएको थियो ।

आखिरी कहाँ गयो त, त्यति ठूलो जहाज र २३९ जना मानिस ?

यो विश्वलाई नै अचम्मित पार्ने घटनाको उत्तर सो जहाजमा सवार यात्रुका आफन्तहरूले हरपल खोजिरहेका छन्न् । तर, मलेसियन एयरको विमान एमएच–३७० को खोजीसम्बन्धी कार्यदलले सोमबार सार्वजनिक गरेके औपचारिक प्रतिवेदनले विमान बेपत्ता हुनाको कुनै पनि ठोस कारण उल्लेख गरेको छैन । 

यसले न त विमान अपहरणमा परेको वा पाइलटले केही गल्ती गरेको कुनै कुरा प्रस्ट भनेको छैन । रिपोर्टले केही पनि ठोस प्रमाण नभेटिएको जनाएको छ । विमानले निर्धारित दिशा परिवर्तन गरेको हो । तर, यो अटोपाइलटले आफैँ परिवर्तन गरेको नभई केही व्यक्तिले गरेके हो भन्ने कुरा प्रतिवेदनमा उल्लेख भएको भए पनि किन र कसले यसो गर्यो भन्ने खुलाइएको छैन । यो प्रतिवेदनले विमानमा सवार यात्रुको परिवारमा क्रोध र निराशा थपेको छ । 

परिवारका सदस्यहरूले आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदनले कुनै निष्कर्ष निकाल्छ कि भन्ने ठूलो आशा गरेका थिए । तर, उक्त प्रतिवेदनमा विमानको बेपत्ता र खोजी प्रयत्नका बारेमा मात्र लामो व्याख्या गरिएको छ । जुन यसअघि जारी गरिएका रिपोर्टले जनाइसकेको थियो । अनुसन्धान अधिकारीहरूले यात्रुका परिवारजनका प्रश्नको उत्तर दिन सकेका छैनन् । 

अहिलेसम्म हिन्द महासागरको एक लाख २० हजार वर्ग किलोमिटरको क्षेत्रमा खोजी गर्दा पनि उक्त विमानको कुनै संकेत भेटिएको छैन ।

यो प्रतिवेदन अत्यन्त निराशाजनक छ, इन्तान माइजु ओथमानले बताइन् । उनका पति बेपत्ता भएको विमान एमएच–३७० मा फ्लाइट स्टेवार्ड थिए । क्वालालम्पुरबाट बेइजिङका लागि उडेको यो विमान मार्च २०१४ मा बेपत्ता भएको थियो । 

‘म अति हतोत्साहित छु । प्रतिवेदनमा नयाँ कुरा केही पनि छैन । यातायात मन्त्रालयका अधिकारीहरूले हाम्रा प्रश्नको जवाफ दिन सकेनन्’, उनले भनेकी छिन् । 

अहिलेसम्म हिन्द महासागरको एक लाख २० हजार वर्ग किलोमिटरको क्षेत्रमा खोजी गर्दा पनि उक्त विमानको कुनै संकेत भेटिएको छैन ।

अमेरिकी कम्पनी ओसन इन्फिनिटीले ‘नभेटिए शुल्क दाबी नगर्ने’ शर्तमा यसै वर्षको सुरुदेखि पुनः खोजी अभियान थालेको थियो । यस कम्पनीले उच्च–प्रविधियुक्त ड्रोनको सहायताले समुद्रमा खोजी गरेको थियो । तर, विमानका कुनै पनि अवशेष नभेटिएपछि खोजी अभियान रोकेको छ ।

पारदर्शिताका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने घोषणा गरेको मलेसियाको नयाँ सरकारले बेपत्ता विमानकाबारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्ने चुनावताका घोषणा गरेको थियो । सोहीअनुसार यो प्रतिवेदन बाहिर आएको बुझ्न गाह्रो छैन । 


Back_to_top