काठमाडौं । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले काठमाडौं महानगपालीकालाई सडकको धुलो सफागर्ने दुई वटा ब्रुमर हस्तान्त्रण गरेको छ ।
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले अघिल्लो वर्ष नै ब्रुमर किन्ने योजना बनाएका थिए तर रकम अभावमा सम्भव भएको थिएन ।
वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमरको साँचो आइतबार हस्तानान्तरण गरेको हो ।
समृद्धिका लागि गैरसरकारी संस्थाको परिचालनबाट सामाजिक परिवर्तन गर्ने सम्बन्धमा यहाँ भएको तीनवर्षे सहमतिपत्र हस्ताक्षर कार्यक्रममा दुई वटा बु्रमरको साँचो हस्तान्त्रण गरिएको थियो ।
सहमतिपत्रमा नेपालका तर्फबाट समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट र चीनका तर्फबाट चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जका सदस्य सचिव जु रुईले हस्ताक्षर गरेका छन् ।
यी दुबै ब्रुमरको लम्बाइ ८ दशमलव ६ मिटर र चौडाइ ३ दशमलव ५ मिटरको छ । १५ दशमलव आठ मेट्रिक टन तौल भएका उक्त ब्रुमर डिजेलबाट चल्ने छन् ।
९८ किमी प्रतिघण्टाको गति पकडने यसले सडकको अवस्था हेरी प्रतिघण्टा ३ किमीदेखि २० किमीसम्म सडक सफा गर्न सक्नेछ ।
उक्त ब्रुमर आगामी दुई महिनामा काठमाडौँ आइपुग्ने जानकारी कामपाले दिएको छ । साथै महानगरले आफ्नै पैसाले अन्य ५ ब्रुमर किन्ने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
अन्य पाँच ब्रुमर पनि ल्याउनका लागि खरिदको तयारी भइरहेको कामपाले सो अवसरमा जानकारी दिइयो ।

