स्कोडा कुशकमा नयाँ अफरः पुरानो गाडी डाउन पेमेन्ट, ७०% सम्म कर्जा

काठमाडौं । स्कोडाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले नयाँ योजना ‘कम्प्लीट पीस अफ माइन्ड विथ यूरोपियन अस्योरेन्स’ घोषणा गरेको छ । कम्पनीले यस योजना अन्गर्तग १० लाख रुपैयाँ वा कुनै पनि पुरानो कार डाउन पेमेन्ट गरेर कुशक खरिद गर्न सकिने जनाएको छ ।

ग्राहकले दुई वर्षसम्मको निःशुल्क सर्भिस सुविधा पनि पाउने भएको कारण यसलाई पीसअफ माइन्ड विथ यूरोपियन अस्योरेन्स पनि भनिएको हो ।

एमएडब्लू इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार ग्राहकले यो स्कीममा निकै राम्रो सुविधा पाउने छन् । अहिले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने समयमा करिब ३० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्छ ।

ग्राहकले ७ वर्षको लागि गाडीको मूल्यको ७० प्रतिशत कर्जा सुविधा पाउने छन् भने कर्जा प्रोशेसमा कुनै शुल्क तिर्नु पर्दैन । साथै, कुनै पनि ब्राण्डको पुरानो कारसँग सट्टापट्टा पनि गर्न पाइने कम्पनीले जनाएको छ । यसरी सट्टापट्टा गर्दा त्यसबाट आउने रकमलाई डाउन पेमेन्ट मानिने छ ।

स्कोडा कुशक नेपालमा विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । जसमा एक्टीभ, एम्बिसन र स्टाइल रहेका छन् । फक्सवागेन ग्रुपले उत्पादन गरेको १.० लिटर टीएसआई इन्जिन प्रयोग भएको छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र १७८ एनएम टर्क प्रदान गर्छ ।

चेक ब्राण्डले उत्पादन गरेको कुशक विशेषत भारतीय बजारलाई मध्यनजर गर्दै उत्पादन गरिएको मोडल हो । गुणस्तरिय उत्पादन, आरामदायी यात्रा, बलियो सुरक्षा र उच्च माइलेजको कारण स्कोडा कुशक नेपाली बजारमा सफल हुँदै गएको छ ।


Back_to_top