काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज बिहीबार देखि हुन्डाई एक्सचेन्ज कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम ४ दिन साउन २० गतेसम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले एक्सचेन्ज अफरमा ग्राहकको लागि विशेष अफर गरेको छ । जसमा स्पट एक्सचेन्ज र भ्यालुएसन, सहज फाइनान्स र इन्स्योरेन्स तथा क्यास डिस्काउन्ट प्रदान गर्ने जानकारी दिएको छ ।
ग्राहकहरुलाई २० हजार बराबरको लोयल्टी बोनस र १ लाख ५० हजार बराबरको एक्सचेन्ज बोनस प्रदान गर्नुको साथै ४ वर्षको फ्रि सर्भिस, ३ वर्षको वारेन्टी र आकर्षक उपहारहरु हरेक टेष्ट ड्राइभमा प्रदान गरिने छ ।
‘यस प्रकारको कार्यक्रमले ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अपग्रेड गर्ने सुवर्ण अवसर प्रदान गर्ने छ’ कम्पनीका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टले भने ।
हरेक टेष्ट ड्राइभमा आर्कषक उपहार प्रदानगर्नुको साथै ४ जना भाग्यशाली विजेतालाई ‘टेष्ट ड्राइभ एन्ड वीन’ योजना अन्तर्गत कुलप्याड मोवाईल प्रदान गरिने कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।
एक्सचेन्ज क्याम्प हुन्डाईको नेपालका सम्पूर्ण डिलर नेटवर्कहरुमा सञ्चालन हुने बताइएको छ ।

