काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेड र टाटा पावर बीच एक सम्झौँता भएको छ । यी दुई कम्पनी बीचको सम्झौँताले भारतमा बलियो चर्जिङ नेटवर्क विस्तार हुने बताइएको छ ।
टाटा ग्रुपको स्वामित्वमा रहेको टाटा पावर कम्पनी र कोरियन कार निर्माता बीचको सहकार्य विद्युतीय गाडीको बजार विस्तारमा सहयोग पुग्ने दुबै कम्पनीले उल्लेख गरेका छन् ।
‘नयाँ सम्झौँताले प्रदुषण रहित सवारीसाधनको प्रयोगमा दिगो विकास र सामाजिक उत्तरदायित्व पुरा गर्न यसले सघाउने छ’, दुई कम्पनी बीचको सम्झौँतापछि जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो सम्झौँतापछि टाटा पावरले हुन्डाईको विक्री र सर्भिस नेटवर्कको साथै घरायसी चार्जरदेखि आवश्यकता अनुसार विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्नेछ ।
अहिले भारतमा कोना इभीको विक्री हुँदै आएको छ भने आयोनीक ५ पनि चाँडै विक्री सुरु हुने बताइएको छ । त्यसको साथै सन् २०२३ मा भेन्यू इलेक्ट्रीक आउने चर्चा पनि चलिरहेको छ । यी सबैको लागि हुन्डाईले चार्जिङ नेटवर्क विस्तार गर्न लागेको हो ।

