धम्की दिएर होइन मूल्य घटाएर मात्रै इम्बोस्ड लगाउन गगन थापाको माग

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट निकै महंगो बनाएको भन्दै तत्काल जडान रोक्न माग गरेका छन् । संसदमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तत्काल इम्बोस्ड नम्बर प्लेट वितरण बन्द गर्न सरकारलाई आग्रह गरेका हुन् ।

संससदमा बोल्दै नेता थापाले भने, ‘कमजोर क्षमता भएको कम्पनी मार्फत जसरी चर्को मूल्यमा इम्बोस्ड जडान गर्न खोजीएको छ । यसअघि जडान गरेको मानिसले पाएको सास्ती, महंगो मूल्य र कमसल गुणस्तरको नम्बर प्लेट जडान तत्काल रोक्नु पर्छ ।’

‘प्रदेशमा पूर्वाधर बनेको छैन । राष्ट्रिय सुरक्षाको लागि इम्बोस्ड जडान गर्न लागिएको हो भने राज्यले लगानी गर्नु पर्छ । यसरी नागरिकलाई धम्काएर साउन १ गतेभित्र जडान गरिनस् भने कारवाही गर्छु भनेर धम्काउन मिल्दैन’, थापाले भने ।

छिमेकी देशमा केही सयमा हुने काम नेपालमा हजारौ तिर्नु पर्ने भन्दै उनले मूल्य घटाउन र सहज तरिकाले जडान गर्ने ब्यवस्था मिलाएर मात्रै इम्बोस्ड कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।


Back_to_top