भारतमा मिडसाइज एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटाको एकछत्र राज

काठमाडौं । भारतीय बजारमा विक्री हुने ४.२ मिटरदेखि ४.६ मिटर सेग्मेन्टमा विक्री हुने १० मोडलमा हुन्डाई क्रेटा सबैभन्दा अगाडि रहेको छ । यो सेग्मेन्टमा हुन्डाई, किया, महिन्द्रा, टाटा, स्कोडा र फक्सवागेनले आफ्ना उत्पादन विक्री वितरण गर्दै आएका छन् ।

यी सबै कम्पनीले सार्वजनिक गरेको मे २०२२ को विक्री तथ्यांकको आधारमा क्रेटा निकै अगाडि रहेको छ । यो सेग्मेन्टमा हुन्डाई क्रेटाले १० हजार ९७३ यूनिटसहित पहिलो स्थान कब्जा गरेको छ ।

सूचीको दोस्रो स्थानमा किया सेल्टोस रहेको छ । गत महिना सेल्टोसको विक्री ५ हजार ९५३ यूनिट र महिन्द्रा एक्सयूभी ७०० को विक्री ५ हजार ६९ यूनिट विक्री गर्दै सूचीको तेस्रो स्थानमा रहेको छ ।

महिन्द्रा स्कर्पियो ४ हजार ३४८ यूनिट सहित चौथो स्थानमा, टाटा ह्यारीयर २ हजार ७९४ यूनिटसहित पाँचाैं स्थानमा परेको छ । सूचीको छैटौं स्थानमा टाटा सफारी रहेको छ । कम्पनीले मे महिनामा २ हजार २४२ यूनिट सफारी विक्री भएको छ ।

एमजी एस्टर सूचीको साताैं स्थानमा रहेको छ । कम्पनीले गत महिना २ हजार २२ यूनिट विक्री भएको छ । सूचीको  आठौं स्थानमा हुन्डाई अल्काजार १ हजार ९४७, नवौं स्थानमा रहेको स्कोडा कुशक १ हजार ८०६ र दशौं स्थानमा रहेको एमजी हेक्टरको विक्री १ हजार ६३३ यूनिट भएको छ ।


Back_to_top