काठमाडौं । सवारीसाधनले उच्च प्रदुषण निम्त्याएको भन्दै सरकारको आलोचना हुन थालेपछि आगामी भदौ १ गतेदेखि धुँवा फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।
विगतमा पनि धुवाँ फ्याक्ने सवारीसाधनको नियन्त्रणको लागि सरकार हरियो स्टिकरको ब्यवस्था गरेको थियो । तर अब भने सरकारले धुँवा फ्याक्ने मोटरसाइलसमेत प्रतिबन्ध लगाउने भएको छ । सवारीसाधनले उत्र्सजन गरेको धुँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरणमा समेत प्रभाव पर्ने भएकाले सरकारले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो ।
तत्काल काठमाडौं उपत्यका लगायत सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारीसाधन चेकजाँच गराई हरियो स्टिकर लगाएर मात्र सवारी साधनले सञ्चालनको अनुमति पाउन सक्ने छन् ।

