भारतमा निर्मित फक्सवागेन पोलो जीटी–१८० टिएसआई कार इन्डोनेसियामा भइरहेको इन्डोनेसिया इन्टरनेशनल मोटर शो (जीआईआईएएस)मा मोटर शोमा प्रदर्शनी गरिएको छ ।
बिभिन्न मिडिया रिपोर्टका अनुसार, इन्डोनेसियामा मात्रै सुरुवातमा यो कार विक्री हुने छ । अहिले फक्सवागेनले इन्डोनेसियाको वेभसाइटमा मात्रै यसलाई राखेको छ ।
फक्सवागेनले यो नयाँ कारमा पोलो भीआरएसबाट लिइएको १६ इन्च एलोए ह्वील दिएको छ भने यसको बडी किट, अन्डरबडी स्पोईलर तथा रुप स्पोईलरमा कुनै परिर्वतन गरिएको छैन । यद्यपी यो भन्दा अगाडिको मोडलमा सटिन सिल्भर–लुक मिरर क्यापहरु समावेश गरिएको थिएन । साथै, ग्रे तथा ब्ल्यु कलर नयाँ कारमा मात्र समावेश गरिएको छ ।
फक्सवागेन इन्डोनेसिया स्पेस सिटका अनुसार, भारतमा विक्री वितरण भइरहेको ‘पोलो जीटी १८० टिएसआई’मा नै रहेको इन्जिन यसमा प्रयोग गरिएको छ ।
यसमा १.२ लिटर टीएसआई टर्वोचार्जड फोर सिलिन्डर इन्जिन दिर्ईएको छ । उक्त इन्जिनले ५००० आरपीएममा १०५ पीएस पावर तथा १५००-४१०० आरपीएममा १७५ एनएम टर्क उत्पादन गर्छ । जसमा ७ स्पीड डुअल क्लच अटोमेटिक ट्रान्समिशन जडान गरिएको छ । भने फरक इलेक्ट्रीक लकिङ सिस्टम दिइएको छ ।
यस्ता छन् फिचर
फक्सवागेन पोलो जीटी १८० टिएसआईमा इलेक्ट्रीक एड्जस्टेवल फोल्डएवल मिरर, लेदरर्याप स्टेरिङ, गीयरसिफ्ट नव, हाईट एडजस्टेवल फ्रन्ट सिट, अटोमेटिक क्लाईमेट कन्ट्रोल सिस्टम तथा आरसीडी ३२० जी मल्टिमिडिया सिस्टमजस्ता फिचरहरु समावेस गरिएको छ ।
त्यसैगरी सेफ्टी फ्रन्ट, इडीएल, एवीएस, एन्टी स्लिप रेगुलेसन सिस्टम, इन्जिन ड्राग टर्क कन्ट्रोल, डुअल एयरब्याग, रेयर पार्किङ सेन्सर समाबेस गरिएको छ ।

