काठमाडौं । इपीएस प्रणालीमार्फत दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपाली कामदारहरुको हवाई भाडा अब ४५ हजार २ सय ९२ रुपैयाँमात्र तिरे पुग्ने भएको छ । आइतबार हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ ।
कोरिया जाने कामदारको टिकट २३ प्रतिशत अर्थात १२ हजार ९ सय ८० रुपैयाँले घटेको हो ।
यस अघि नेपालबाट कोरिया जानका लागि प्रत्येक कामदारले हवाइ भाडा वापत ५ सय ३० अमेरिकी डरलर तिर्दै आएका थिए । अब भने कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ ९आजको दर०मात्रै हवाई भाडा तिरे पुग्ने भएको छ ।
सन् २००८ देखि ईपीएस प्रणाली लागू भएपछि नेपाली कामदारले ५ सय ४१ अमेरिकी डलर भाडा वापत सम्बन्धीत ट्राभल एजेन्सीलाई बुझाउने गरेका थिए । २०७३ पुसदेखि भने कामदारले ५ सय २९ दशमलव ७५ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा बुझाउँदै आएका थिए ।


