काठमाडौं । टीभीएसले गतहप्ता काठमाडौं एक ‘बार’मा अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सन सार्वजनिक गर्यो । काठमाडौंमा नयाँ भर्सनको अपाचे १६० आरटीएफआई भर्सन सार्वजनिक हुँदै गर्दा मेरो अपाचे आरटीआर १६० फोर भीको पहिलो भर्सनले ३० हजार किलोमिटर यात्रा तय गरी सकेको थियो ।
सन् २०१९ मा मैले नयाँ मोटरसाइकल किन्ने निधो गरेँ । त्यसअघि मैले १५० सीसी क्षमताको होन्डा युनिकर्न मोटरसाइकल प्रयोग गर्दै आएको थिए । जुन मोटरसाइकल एक फ्यामेली मोटरसाइकलको रुपमा परिचित थियो ।
धेरै समय त्यो मोटरसाइकल चलाएको कारण मैले कुनै नयाँ मोटरसाइकल किन्ने निधो गरे । त्यतिबेला अपाचे आरटीआर १६० को फोर भी भर्सन बजारमा आउँदै थियो । यो जानकारी मसँग किन थियो भने मैले डेस्कमा बसेर मोटरसाइकलको बारेमा समाचार लेख्न सुरु गरेको झण्डै १ वर्ष हुन लागिसकेको थियो ।
जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० फोर भी नेपाली टू ह्वीलरको इतिहासमा नै सबैभन्दा भब्य कार्यक्रम गरेर काठमाडौंको भृकुटीमण्डमा सार्वजनिक गर्यो । उक्त कार्यक्रमा भारतीय सुपर स्टार गायक बादशाले पर्फमेन्स गरेका थिए ।
अपाचे आरटीआर फोटोमा हेर्दा जति आर्कषक थियो लाइभ हेर्दा पनि उस्तै । नेपाली बजारमा विक्री भइरहेको अपाचे आरटीआर २०० कै डिजाइनमा आएको थियो आरटीआर १६० फोर भी । पहिलो इम्प्रेसन नै राम्रो भए पश्चात् मैले एकै पटकमा निधो गरेर अपाचे आरटीआर १६० फोर भी किनेको थिए ।

अटोमोवाइल सेक्टरमा नै कलम चलाउने भएका कारण पनि म यति ढुक्क थिएकी मलाई जगदम्वाको नेटवर्कको बारेमा राम्रो जानकारी थियो र मैलै नेपालको हिमाली पहाडी क्षेत्रमा समेत ढुक्क भएर यो मोटरसाइकलाई पुर्याएको थिए । मेरो भाग्य भनौ वा अपाचेको त्यो क्षमता मलाई कहिले पनि अपाचे १६० फोर भीले धोका दिएन ।
मैले ३० हजार किलोमिटर अपाचे चलाइसकेपछि भन्न सक्छु पर्फेक्ट अपाचे ।
अब समय फेरियो, अपाचे पनि नयाँ टेक्नोलोजीमा प्रबेश गर्यो । यसलाई नेपालमा विक्री कम्पनी जगदम्बा मोटर्स पनि परिवर्तन हुँदै गएको छ । मैले २०१९ जगदम्वा मोटर्सबाट आरटीआर १६० फोर भी किन्ने समयको भन्दा कम्पनी पनि अगाडि बढिसकेको छ ।
आज टीभीएस नेपाली बजारमा बजाज र होन्डासँग कडा प्रतिपर्धा गर्न सक्षम भएको छ । जगदम्वाले आफ्ना ग्राहकलाई दिने सेवामा व्यापक परिवर्तन आएको छ । जगदम्वाले राइडहरुको ग्रुप बनाएर राइड गराउनेदेखि आफ्ना ग्राहकहरुलाई चेन्नाइमा रहेको एमएमआरटी ट्रयाकमा एक्सपेरियन्स गराउनेसम्म गर्दै आएको छ ।

सरकारले २०० सीसीभन्दामा माथिका मोटरसाइकलमा कर बढाएको समयमा कम्पनीले १६० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको । यो मोटरसाइकल सेग्मेन्टकै सबैभन्दा पावरफुल मोटरसाइकल हो । अब आरटीएफआईको सुरुवात भएको छ । मैले चलाएको मोटरसाइकलभन्दा यसले कम प्रदुषण गर्छ । टेक्नोलोजीमा अब्बल छ तर, बजारमा बढ्दो प्रतिस्पर्धाको कारण थप चुनौती ब्योर्होन पर्नेछ ।
नयाँ भर्सन फिचरले भरिपुर्ण छ । स्मार्ट कनेक्ट फिचर, तीन प्रकरको राइड मोड, एबीएस, रेस ट्यून आरटीएफआई जस्ता फिचर पाउन सकिन्छ । यस्ता फिचरका वावजुत पनि यो मोटरसाइकलले नेपाली बजारमा हिरो एक्स्ट्रीम १६० आर र पल्सर एनएस १६० सँग प्रतिस्पर्धा गर्नु पर्नेछ । बजाजले हालै सार्वजनिक गरेको पल्सर एन १६० ले यो मोटरसाइकललाई कडा टक्कर दिनेछ । अपाचेले पल्सर एन १६०को कडा समना गर्नु पर्ने हुन्छ ।

अन्त्यमा मैले ३० हजार किलोमिटर चलाएको अपाचेको माइलेज प्रतिलिटर २०÷२२ किलोमिटर मात्रै थियो । तर, नयाँ आरटीएफआईको माइलेज कति आउँछ त्यसले पनि धेरै महत्व राख्छ । हुनत मैले प्रयोग गरेको मोटरसाइकलमा कार्वुरेटर इन्जिन रहेको थियो । तर, यसमा एफआई इन्जिन छ । त्यस कारण पनि यसको माइलेज राम्रो होला भन्ने आशा गर्न सकिन्छ ।
जगदम्वाले नेपाली बजारमा ३ लाख ८० हजार रुपैयाँ निर्धारण विक्री सुरु गरेको यो मोटरसाइकलको भविष्य जगदम्वा मोटर्सले गर्ने बजार प्रवर्धनका कार्यक्रम तथा अन्य प्रतिस्पर्धी ब्रान्डले गर्ने बजार प्रबद्र्धनका कार्यक्रमले समेत निर्धारण गर्र्नेछ ।
यो मोटरसाइकलको पर्फमेन्स र यसको फिचरमा भने शंका गर्ने ठाउँ धेरै पाइन्न ।


