नगद छुटमा बीएमडब्ल्यूका मोटरसाइकल, चाँडै मूल्य बढ्दै

काठमाडौं । बीएमडब्ल्यू मोटरसाइकलको आधिकारिक वितरक टर्क मोटर्सले नगद छुट योजना ल्याएको छ ।

कम्पनीले जि ३१० आरमा र जि ३१० जीएसमा नगद २० हजार फ्ल्याट छुट स्कीम ल्याएको हो ।

कम्पनीले नयाँ मूल्य आउनुअघि नगद छुट तथा ‘निको’ को फुल हेलमेट निशुल्क उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार अब केही यूनिटमात्र मोटरसाइकल स्टक रहेको र नयाँ लट आउने मोटरसाइकलको मूल्य वृद्धि भएर आउने जनाएको छ ।

सरकारले बजेटमार्फक कर वृद्धि गरेका कारण नयाँ लट मोटरसाइकल आउँदा मोटरसाइकलको मूल्य वृद्धि हुने जनाएको हो ।

दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ ।

जी ३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी ३१० आरको तौल १५८.५ किलोग्राम रहेको छ । दुबै बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यी बाइकको टप स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।

विभिन्न तीन कलर अप्शनमा उपलब्ध यस बाइकको मूल्य कलर अनुसार फरक रहेको छ । प्रायःजसो प्रिमियम ब्रान्डले कलर अनुसार मूल्य राख्ने गरेको पाइन्छ ।
कम्पनीले विक्री गर्ने जी ३१० आर र जी ३१० जिएसम तीन कर अप्सनमा उपलब्ध छ । जी ३१० आरको काइनाइट ब्लु मेटालीकको मूल्य १३ लाख ७५ हजार, कस्मीक ब्ल्याकको मूल्य १३ लाख ५० हजार र लाइमस्टोन मेटालीकको मूल्य १३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै जी ३१० जीएसको र्याली स्टाइलको मूल्य १४ लाख ७५ हजार रुपैयाँ, ट्रीपल ब्ल्याक र ह्वाइटको मूल्य १४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।


Back_to_top