फक्सवागेनको उड्ने इलेक्ट्रीक कार, रेन्ज २०० किलोमिटर

काठमाडौं । इलेक्ट्रीक कारको विकास र विस्तारसँगै अब इलेक्ट्रीक उड्ने कारकोसमेत परिकल्पना गर्न थालिएको छ । जर्मन अटोमोवाइल कम्पनी फक्सवागेन ग्रुपले पनि आफ्नो पहिलो उड्ने कारको विकास गरेको हो ।

फक्सवागेन ग्रुप चाइनाले सन् २०२० मै भर्टिकल टेकअफ र ल्याण्डीङ गर्न सक्ने क्षमताको प्यासेन्जर ड्रोनको प्रोटोटाइप देखाएको थियो । कालो र गोल्डेन कलरको संयोजन गरेर बनाइएको प्यासेन्जर बोक्ने ड्रोनको नाम ‘फ्लाइङ टाइगर’ राखिएको थियो ।

लामो समयको अनुषन्धान पश्चात फक्सवागेन गु्रपले पहिलो भ्यालीडेसन मोडल ‘दी भीमो’ देखाएको छ । कम्पनीले विकास गरेका यो उड्ने कारमा भर्टिकल लिफ्टका लागि ८ वटा रोटर र होरिजेन्टर फ्लाइटका लागि २ वटा प्रोपेलर्स दिइएको छ । यसमा अंग्रेजी अक्षर ‘एक्स’ आकारको १०.६ मिटर लामो विङ दिइएको छ । कम्पनीले यसमा अटोनोमस ड्राइभिङ सोलुसन र प्रदुषण रहित ब्याट्री टेक्नलोजीको प्रयोग गर्छ ।

फक्सवागेनले यसको व्यवसायीक उत्पादन गर्नुभन्दा पहिला २०२२ को अन्त्यतिर धेरै वटा परिक्षण उडान गर्ने जनाएको छ । कम्पनीका अनुसार यो ट्याक्सीले लगेज सहितको ४ जना प्यासेन्जर बोकेर २०० किलोमिटरसम्म यात्रा तय गर्न सक्ने छ ।


Back_to_top