काठमाडौं । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । नयाँ स्कीमले ग्राहकलाई सहजै फाइनान्स सुविधा प्रदानगरी उद्यमशील ब्यक्तिलाई सहयोग पुग्ने भएको हो ।
बजारमा देखिएको लगानी योग्य रकमको अभावलाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न नयाँ स्कीम ल्याएको जनाएको छ । अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौँता गरेको हो । यो सम्झौँताले महिन्द्राका ग्राहकहरूलाई झण्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्ने छ ।
‘हामी एकल प्रक्रिया (वान विन्डो अप्रोच)का साथ हाम्रा ग्राहकहरुका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौं, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं’, कम्पनीले जारी गरेको विज्ञप्तीमा भनेको छ ।
सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल मूल्यको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म उपलब्ध हुनेछ ।
फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुने र यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्नेछ । यो योजनामा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा हुनेछ ।


