असोज ६ गतेदेखि ९ गतेसम्म इलेक्ट्रीक सवारीसाधन एक्स्पो हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म इलेक्ट्रीक सवारीसाधनको एक्स्पो आयोजना गर्ने भएको छ ।

आज बसेको नाडाको कार्यसमिति बैठकले नेपाल मै पहिलो पटक ‘नाडा ईभी एक्स्पो २०२२’ गर्ने निर्णय गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्स्पोमा विद्युतीय मोविलिटीसँग सम्बन्धीत साधनको प्रदर्शनी हुनेछ ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्धका कारण २०७९ भाद्र ७ देखि १२ गतेसम्म आयोजना हुने जनाइएको नाडा अटो शो २०२२ स्थगित भएको थियो । नाडा अटो शो स्थगित भएको कारण ईभी एक्स्पो २०२२ गर्न लागेको नाडा अध्यक्ष ध्रुब थापाले बताए ।

ईभी एक्सपोको लागि आगामी भादौ १ गतेदेखि ५ गतेसम्म स्टल बुकिङ खुल्ला गर्न लागिएको जानकारी नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सवैबाट आवश्यक सहयोगको लागि आग्रह गरे ।


Back_to_top