काठमाडौं । लामो समय बैंकिङ क्षेत्रको नेतृत्वमा विताएका बैंकर अनिल शाहले बीवाइडी ‘अल न्यू इ सिक्स’ खरिद गरेका छन् । शाहले खरिद गरेको बीवाइडी इ सिक्सको मूल्य ५९ लाख रुपैयाँ रहेको छ ।
विद्युतीय सवारीसाधनमा निकै झुकाव राख्ने शाहले बीवाइडी रोज्नुको कारण पनि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘विश्वकै सबैभन्दा ठूलो र धेरै न्यू इनर्जी भेहिकल विक्री गर्ने कम्पनी भएको कारण मेरो छनोटमा पनि परेको हो ।’
नेपालकै इनर्जीको प्रयोग बढाउन विद्युतीय कार आफुले खरिद गरेको बताउँदै शाह भन्छन्, ‘चाँडै नेपाली सडकमा न्यू इनर्जी भेहिकलको बलियो उपस्थिति रहने छ ।’

नयाँ ई-सिक्स नेपालमा उपलब्ध सबैभन्दा धेरै क्षमताको ब्याट्री रहेको गाडी हो । यसमा बीवाइडीको नविन टेक्नोलोजी युक्त ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले एक पटकको फुलचार्जमा ५२२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रहेको ब्याट्री ४ हजार चार्जिङ साइकल चल्ने दाबी कम्पनीले गरेको छ ।
सामान्यतया ठूलो गाडी लामो यात्राको लागि उपयोगी मानिन्छ । नयाँ जेनेरेशन बीवाइडी ई(सिक्सको लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम र उचाई १६७० एमएम रहेको छ । जसको कारण गाडी निकै फराकिलो र स्पेसियस पाउन सकिन्छ ।
बीवाइडीले यसमा २८०० एमएमको ह्वीलवेस, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र ५८० लिटरको बुट स्पेश दिएको छ । साथै यसमा १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
रेन्ज बढाउन कम्पनीले यसमा ७० किलोवाट क्षमताको मोटर दिएको छ । अधिकतम १८० एनएम टर्क प्रदान गर्ने यो गाडी फ्रन्ट ह्वील ड्राइभ सिस्टममा रहेको छ ।
नयाँ जेनेरेशन ई-सिक्सको इन्टेरियर पनि निकै सार्प पाउन सकिन्छ । ५ इन्चको टीएफटी डिस्प्ले, लेदर र्याप स्टेरिङ ह्वील, टिल्ट एण्ड टेलिस्कोपिक एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वील, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ४ वटा स्पिकर, प्रशस्त लेगरुम, लेदर सिट, ६ तरिकाले मिलाउन मिल्ने अगाडिको सिट जस्ता फिचर पाउन सकिन्छ ।
सुरक्षाको हिसाबले पनि बीवाइडीले यसमा थुप्रै फिचर दिएको छ । इलेक्ट्रीक पार्किङ ब्रेक, भेहिकल डाइनामिक कन्ट्रोल सिस्टम, ब्रेक ओभिरेड सिस्टम, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट सिस्टम, एयरब्याग, स्मार्ट की सिस्टम, पछाडि ४ वटा सेन्सर लगायत पाउन सकिन्छ ।


