काठमाडौं । नेपाली बजारमा बिक्री–वितरण हुने मारुती सुजुकी स्वीफ्ट, हुन्डाई ग्रान्डआई–१० र फोर्ड फिगोमा कडा प्रतिस्पर्धा चलिरहेको छ ।
यी तीन मोडलमध्ये मारुती सुजुकी स्वीफ्ट नयाँ भर्सनमा बजारमा आएको हो भने हुन्डाई ग्रान्डआई–१० र फोर्ड फिगो पहिलादेखि नै बजारमा रहेका मोडल हुन् । यी कारको डायमेन्सनको तुलना गर्दा मारुती सुजुकीकको नयाँ स्वीफ्ट यस सेगमेन्टमा सबैभन्दा अग्लो र मोटो ह्याचब्याक हो ।
लम्बाईको मामलामा फोर्ड फिगो सबैभन्दा अगाडि रहेको छ भने, चौडाईमा स्वीफ्ट अगाडि रहेको छ । उचाईमा तीनवटै कारमा खासै भिन्नता छैन ।
ग्राउन्ड क्लिरियन्सको मामलामा फोर्ड फिगो अगाडि रहँदा स्वीफ्ट तेस्रो स्थानमा परेको छ । बूट स्पेशमा स्वीफ्टले बाजी मार्दा ग्रान्डआई–टेन र फोर्ड फिगो बराबरजस्तै रहेका छन् ।
कारको डायमेन्सन
|
डायमेन्सन |
मारुती स्वीफ्ट |
हुन्डाई ग्रान्डआई–१० |
फोर्ड फिगो |
|
लम्बाई |
३८४० एमएम |
३७६५ एमएम |
३८८६ एमएम |
|
चौडाई |
१७३५ एमएम |
१६६० एमएम |
१६९५ एमएम |
|
उचाई |
१५३० एमएम |
१५२० एमएम |
१५२५ एमएम |
|
ह्वीलबेस |
२४५० एमएम |
२४२५ एमएम |
२४९१ एमएम |
|
ग्राउन्ड क्लिरियन्स |
१६३ एमएम |
१६५ एमएम |
१७४ एमएम |
|
बुस्ट स्पेस |
२६८ लिटर |
२५६ लिटर |
२५७लिटर |
इन्जिन
फोर्ड फिगोको पेट्रोल भेरियन्ट चारवटा रहेका छन् भने ग्रान्डआई–१० मा पाँच भेरियन्ट पाउन सकिन्छ । नेपाली बजारमा मारुती स्वीफ्ट भने दुई भेरियन्टमा मात्र उपलब्ध रहेको छ । पावर र टर्कको मामिलामा स्वीफ्ट र ग्रान्डआई–१० समान रहेका छन् भने फोर्ड फिगो केही अगाडि रहेको छ । यी तीनवटै कारमा अटोमेटिक ट्रान्समिसन अप्सन दिइएको छ ।
|
पेट्रोल इञ्जिन |
मारुती स्वीफ्ट |
हुन्डाई ग्रान्डआई–१० |
फोर्ड फिगो |
|
इञ्जिन |
१.२ लिटर |
१.२ लिटर |
१.२/१.५ लिटर |
|
पावर |
८३ पीएस |
८३ पीएस |
१.२/८८ पीएस |
|
टर्क |
११३ एनएम |
११३ एनएम |
१.२/११२ एनएम |
|
ट्रान्समिशन |
५ स्पीड एमटी/एएमटी |
५ स्पीड एमटी/४ स्पीड एटी |
५ स्पीड एमटी/६ स्पीड ड्यूल |
|
माइलेज |
२० केएमपीएल |
१९.७७ केएमपीएल |
१८.१६/१७.० केएमपीएल |
मूल्य
|
मूल्य |
पेट्रोल (भारतीय रुपैयाँ) |
|
मारुती सुजुकी स्वीफ्ट |
२९ लाख ४९ हजार-३२ लाख ४९ |
|
हुन्डाई ग्रान्डआई–१० |
२६ लाख ९६ हजारदेखि ३३ लाख ९६ |
|
फोर्ड फिगो |
२६ लाख ९९ हजारदेखि ३२ लाख ९९ हजारसम्म |

