काठमाडौं । बजाज अटोले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बजाज सीटी १२५ एक्स बजारमा ल्याएको हो ।
कम्पनीले बजाज सीटी १२५ एक्सको मूल्य ७१ हजार ३४५ भारतीय रुपैयाँ(एक्ससोरुम) मूल्य राखेर बजारमा ल्याएको हो । केही दिनअघि यो मोटरसाइक डिलर नेटवर्कमा देखिएको थियो ।
बजाजले यसअघि सीटी ११० एक्स उत्पादन गरेको थियो । हाल कम्पनीले सीटी ११० एक्समा आधारित सीटी १२५ एक्स नयाँ मोडल ल्याएको हो ।
बजाजले सीटी १२५ मा आकर्षक हेडल्याम्प कौल दिइएको छ भने इन्जिन कौलमा भी सेपको एलइडी डिआरएल दिइएको छ । यसमा राउन्ड हेलोजिन बल्ब हेडल्याम्प दिइएको छ ।
यसमा अगाडि सानो भाइजरसमेत जोडिएको छ । सीटी १२५ एक्सको फ्रन्टमा फोर्क गेटर्ससहितको टेलिस्कोपीक सस्पेन्सन पाउन सकिन्छ ।
सीटी १२५ को इन्धन ट्याङकको दुई साइडमा ग्रिप दिइएको छ भने पिलियन ग्रयाबरेलमा लगेज र्याकसमेत उपलब्ध छ ।
बजाज सीटी १२५ एक्समा पल्सर १२५ मा रहेको इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले १०.९ बीएच पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध रहेको छ ।

