काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीले मिडियम साइज एसयूभी फ्रिगेट-०७ सार्वजनिक गरेको छ । कम्पनीले छेन्दु मोटर शो २०२२ मा फ्रिगेट–०७ मोडल सार्वजनिक गरेको हो ।
बीवाइडीले देखाएको फ्रिगेट मिडसाइज एसयूभी प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक भेहिकलको रुपमा बजारमा आउने छ । कम्पनीले यसलाई १.५ लिटर टर्बो इन्जिनको साथ डीएम-आई र डिएम-पी गरी दुई पावर स्टक्चरमा ल्याउन लागेको हो । यसमा रहेको इलेक्ट्रीक हाइब्रिड सिस्टम रहेको कारले इलेक्ट्रीक भर्सनमा १०० किलोमिटर रेन्ज दिनेछ । त्यसैगरी सुपर हाइब्रिड स्पेशल पावर ब्लेड ब्याट्री सिस्टम भएको कारले २०० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ ।

बीवाइडीले यी एसयूभीको मूल्य ३२ हजारदेखि ४० हजार ८१२ डलरसम्म तोकेको छ । मूल्य सार्वजनिक भएपनि यी गाडी सन् २०२२ को अन्तिम क्वाटरमा मात्रै डेलिभरी सुरु हुने बताइएको छ ।
बीवाइडी फ्रिगेटको लम्बाई ४८२० एमएम, चाडाई १९२० एमएम र उचाई १७५० एमएम रहेको छ । यसमा २८२० एमएमको ह्वीलवेस दिइएको छ । कम्पनीले यसलाई ब्राण्ड न्यू डिजाइनमा तयार गरेको छ । यसमा फराकिलो एयर इन्टेक, आकर्षक हेडल्याम्प, स्पोर्टी डिजाइन र उत्कृष्ट पछाडिको भाग पाउन सकिन्छ ।
यसलाई पूर्ण इलेक्ट्रीक भर्सनमा समेत ल्याउने गरी बीवाइडीले काम गरिरहेको जनाएको छ ।

