यी हुन्, संसारका तिव्रगतिमा दौडने ११ इलेक्ट्रीक कार

अन्तर्राष्ट्रिय बजारमा निर्माण भैरहेका इलेक्ट्रीक कारलाई ग्यासोलिन कारको विकल्पको रुपमा लिन थालिएको छ । पेट्रोल र डिजेल भेरिएन्टका सवारीसाधनलाई विस्थापन गर्न इलेक्ट्रीक कारको उत्पादनलाई बढावा दिइएको छ । 

विश्वका चर्चित कम्पनीले ई-भेहिकल निर्माणमा करोडौँ रुपैयाँ खर्चिरहेका छन् । यसैबीच, हालसम्म उत्पादन भएका हाइपर तथा फास्टेस्ट इलेक्ट्रीक कारलाई यसरी वर्गीकरण गरिएको छ ।

टेस्ला रोडस्टर

टेस्ला रोडस्टर हालसम्म उत्पादन भएका इलेक्ट्रीक भेहिकलमध्ये सबैभन्दा छिटो गुड्ने कारको रुपमा लिइन्छ । फास्टेस्ट कारप्रेमीहरूको रोजाइमा परेको यो मोडल भेनम, एफ-५, यागेरा आरएसलगायतका मोडलको तुलनामा निक्कै तिव्र चल्ने कम्पनीले दाबी गरेको छ । 

जुम्बाई-२२२ 

जुम्बाई-२२२, १९६८ मुस्ताङ फास्टब्याक मोडलको परिमार्जित भर्जन हो । यो मोडलले १० सेकेन्डमा १७८ माइलको स्पीड पार गर्ने कम्पनीको दाबी छ । मेकानिकल जिनियसद्वारा उत्पादित अत्याधुनिक इलेक्ट्रीक भेहिकल जुम्बाई-२२२ फास्टेस्ट कारको अग्रस्थानमा परेको छ । 

टेक्योन स्पीड

यो इलेक्ट्रीक सुपर कारलाई क्यालिफोर्नियाको स्टार्टअप कम्पनी रेसरले निर्माण गरेको हो । टेक्योन स्पीड रिच एड्भान्स इञ्जिनिरिङ्ग सिस्टम तथा रिसर्च मेथडमा आधारित हाईस्पिड कार हो । 

टेस्ला मोडल एसपी-१०० डी

इलेक्ट्रोनिकरुपमा १५० माइल प्रतिघन्टाको रफ्तारमा चल्ने हाइपर इलेक्ट्रीक कार टेस्ला मोडल एसप-१०० डी अर्काे आकर्षक ई-कारको रुपमा परिचित छ । यो मोडलको अधिकतम् स्पीड क्षमता २०० माइल प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । 

लुसिड एयर

फास्टेस्ट कारको रेकर्ड तोड्न सफल अर्काे मोडल लुसिड एयर-२०१७ मा सार्वजनिक भएको थियो । प्रिमियम इलेक्ट्रीक सेडान लुसिड एयर प्रतिघन्टा २३५ माइलको रफ्तार पकड्दै विश्वकै फास्टेस्ट कारको सूचीमा परेको हो । 

रिम्याक कन्सेप्ट एस

 

क्रोटिएन म्यानुफ्याक्चर रिम्याकले निर्माण गरेको एस कन्सेप्टलाई तिव्र कारको रुपमा लिइन्छ । प्रतिस्पर्धात्मक बजारलाई मध्यनजर गर्दै पावरपूmल तथा फास्टेस्ट कार उत्पादन भैरहेका छन् । तर, कन्सेप्ट एस इलेक्ट्रीक कारअन्तर्गत निक्कै चर्चित मोडल हो । 

नियो ईपी-९

 

चिनीयाँ म्यानुफ्याक्चर्सद्वारा उत्पादन गरिएको अर्काे ईभी मोडल नियो ईपी-९ लाई संसारकै फास्ट कारको रुपमा लिइन्छ । कम्पनीले बनाएको इलेक्ट्रीक हाइपर कार संसारकै तिव्र कार भएको दाबी गरेको छ । कारले १३४१ हर्षपावर उत्पादन गर्ने गर्छ । 

एसपार्क ओल

अप्कमिङ्ग मोडल टेस्ला रोडस्टार २.० सार्वजनिक हुनुपूर्वसम्म एसपार्क–ओल संसारकै फास्टेस्ट कारको रुपमा परिचित छ । हालसम्म यी दुईमध्ये कुन मोडल फास्टेस्ट भन्नेबारे यकिन निष्कर्ष सार्वजनिक भएकोे छैन । 

भन्डा डेन्ड्रोबीएम

प्रोपोटाइपअन्तर्गत निर्माण भएको डेन्ड्रोबीएममा दुईवटा इलेक्ट्रीक मोटर लगाइएको छ । यसले १०१४ हर्षपावर उत्पादन गर्छ । यसको टप स्पीड क्षमता २०० एमपीएच रहेको कम्पनीले जनाएको छ । 

टेर्कयूल्स रेन 

टेर्कयूल्स रेनलाई टर्बाइन रिचार्जजिङ्ग इलेक्ट्रीक भेइकलको रुपमा निर्माण गरिएको हो । फास्टेस्ट तथा सुपर कार टेर्कयूल्स रेन एटी-९६ अवधारणामा आधारित मोडल हो । 

ल्याम्ब्रोर्गिनी टेर्जाे मिलिनेनो

सुपर इलेक्ट्रीक कार ल्याम्ब्रोर्गिनी टेर्जाे मिलिनेनो सन् २०२० मा सार्वजनिक हुनेछ । फास्टेस्ट कारको सूचीमा परेको यो कार ल्याम्ब्रोर्गिनी कम्पनीको बहुप्रतिक्षित मोडलको रुपमा लिइएको छ । 


Back_to_top