चीनको अनुमति चाहिने हल्लावीच खुल्यो कलंकी ‘अन्डरपास’

काठमाडौं । सडक विभागका महानिर्देशक रबिन्द्रनाथ श्रेष्ठले भर्रखरैबाट कलंकीमा निर्माण भएको अन्डरपास संचालनमा आएको जानकारी दिएका छन् । 

ठेकेदार कम्पनीले संचालन अनुमति दिनुपर्ने हुँदा बिहानबाट संचालनमा आउन नसकेको उक्त अन्डरपास आज दिउँसो २ बजेबाट संचालनमा आएको बिभागका महानिर्देशक श्रेष्ठले मेरोअटोलाई जानकारी दिए । 

ठेकेदार कम्पनी सांघाई कन्ट्रक्सन कम्पनीले बाँकी काम गरिरहेको छ, पूर्णरुपमा काम सकिन भदौ अन्तिमसम्म लाग्ने छ श्रेष्ठले भने ‘कामलाई असर नपर्नेगरी हामीले आजबाट अन्डरपास संचालनमा ल्याएका छौं । 

आयोजनका प्रवक्ता निराजन अर्यालले यो अन्डरपासमा वार्निङ साइन, सडकमा मार्किङ, कलंकी चोकबाट खसिबजारसम्मको भाग फिनसिङ गर्न बाँकी रहेकाले यो काम भदौ महिना भित्र पुरा हुने जानकारी दिए ।  

चिनियाँ कम्पनीले बनाइरहेको २७ किलोमिटर लम्बाईको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको १० किमि सडक पनि आगामी डिसेम्बरसम्म पूरा हुने भएको छ ।


Back_to_top