जर्मन अटो निर्माता कम्पनी फक्सवागेन डिजेल स्क्यानडलबाट बाहिर निस्कन नपाउँदै अर्को स्क्यान्डलमा परेको छ । अहिले आएको नयाँ स्कान्डल इलेक्ट्रीक सवारी साधनमा भएको हो ।
इलेक्ट्रीक कारसँग सम्बन्धीत स्कान्डलले कम्पनीलाई थप मुस्किलमा पारेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
जर्मनी फेडरल मोटर ट्रान्सपोर्ट अथोरिटीको एक फैसलाले करिब १ लाख २५ हजार इलेक्ट्रिक तथा प्लगइन हाइब्रिड कार रिकल गर्नुपर्ने अवस्था आएको छ । फक्सवागेनको यी कारमा क्याडिएमको प्रयोग गरेको पाईएको अर्थुरिटीले जनाएको छ ।
कम्पनीको प्रख्यात मोडल गल्फ जिटिई, र अन्य ब्रान्ड पोश, अडीलगायतका मोडल्समा पनि क्याडिएमको प्रयोग भएको आशंका गरिएको छ ।
क्याडियमको प्रयोग कारको चार्जिङ सिस्टममा गरिएको कम्पनीले जनाएको छ । फक्सस्वागेन ग्रुपद्धारा उत्पादीत कारको चार्जिङ सिस्टममा ०.०००८ ग्राम क्याडिएम लगाइएको कुरा परिक्षणको क्रममा बाहिरीएको थियो । क्याडियमको प्रयोग मानव स्वास्थ्यका लागि निक्कै हानिकारक मानिन्छ । साथै, पर्यावरण समेत निक्कै हानी पुर्याउँछ ।
फक्सवागेन गल्फ जिटिई मोडल समेत यो स्कान्डलको सिकार भएको छ । जर्मनीमा यो कार निक्कै प्रख्यात भएतापनि यसको वेटिङ पिरियड भने निक्कै लामो रहेको छ ।
समस्या सिर्जना भएका कारको उत्पादन नरोक्ने तर दोस्रो नन् कार्सिनोजेनिक मेटिरियलको प्रयोग गर्ने कम्पनीले निर्णय गरेको छ । ती मेटेरियले पर्यावरण तथा मानिसलाई कुनै असर नपार्ने कम्पनीले जनाएको छ ।


