थोरै मासिक किस्तामा किन्न पाइने ३ कार

काठमाडौं । नेपालमा कार किन्ने सपना धेरै मानिसले देख्नै सक्दैनन् । सरकारको २५ प्रतिशतभन्दा बढी कर, बढ्दो ब्याजदर र महंगो संचालन खर्चको कारण धेरै मानिसले चाहेरपनि कार चढ्न सक्दैनन् ।

अहिले बजारमा कार खोज्नेको लागि धेरै छनोट उपलब्ध छैन । विगत ७ महिनादेखि लागेको आयात प्रतिबन्धको कारण गाडी पाउनै मुस्किल तथापि मारुती सुजुकी, हुन्डाई र रेनोसँग केही संख्यामा साना इन्ट्री लेभल कारहरु उपलब्ध रहेका छन् ।

विगत १० महिनादखि निरन्तर ब्याजदर वृद्धि भइरहेको कारण गाडी किन्ने मानिसले झ्वाट्टै आँट गर्न सकेका छैनन् । अघिल्लो वर्षको कार्तिकमा रहेको ८ देखि १० प्रतिशत भित्रै पाइने कर्जा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ ।

ब्याजदरकै कारण अघिल्ला वर्षमा २१ हजार हाराहारी मासिक किस्ता पर्ने साना कार अहिले २६ हजार हाराहारी मासिक किस्ता वुझाउनु पर्ने अवस्थामा पुगेको छ । त्यसले पनि बजारमा कार किन्ने मानिसको संख्या बढ्न सकेको छैन ।

१. मारुती सुजुकी एस–प्रेसोः सिजी मोटोकर्पले विक्री गर्ने ९९८ सीसी क्षमताको एस–प्रेसो एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले एसप्रेसोको भिएक्सआई प्लस भेरियन्ट विक्री गर्दै आएको छ । यसको मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेशोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । ९९८ सीसी क्षमताको उक्त इन्जिनले ६८ बीएच पावर र ९० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पीड म्यानुयल र एएमटी गियरबक्स लगाइएको छ ।

एस–प्रेसोमा एयर कन्डिसनसँगै पावर स्टेयरिङ, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडी कलर बम्पर जस्ता विशेषता दिइएको छ । १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभिएमएस लगायतका विशेषता दिइएको छ ।

सुरक्षाको लागि कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयरब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषता प्रदान गरिएको छ ।

एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले सर्टिफाई गरेको छ ।

२. हुन्डाई सेन्ट्रोः अझै केही समय नेपालमा विक्री हुने मोडलमा पर्छ । भारतमा यसको टल ह्याचव्याक डिजाइनको उत्पादन बन्द गरेर माइक्रो एसयूभी उत्पादनमा कम्पनी जुटेसँगै सेन्ट्रोको उत्पादन बन्द भएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको सेन्ट्रोमा ठूलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेड रेस्ट जस्ता विशेषताले सेन्ट्रो नेपाली बजारमा निकै चर्चित बनेको छ । विभिन्न ५ भेरियन्टमा उपलब्ध सेन्ट्रोको वेस भेरियन्टको मूल्य २५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाई सेन्ट्रो अल न्यू डिजाइन थेममा बनेको इन्ट्री लेभल कार हो । यो कार ग्रान्ड आई–१० बाट प्रेरित छ भने, यसमा स्वेप्टब्याक हेडल्याम्प, नयाँ सिग्नेचर क्यासकेडीङ ग्रील दिएको छ ।

नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ ।

सेन्ट्रोमा १.१ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल र एएमटी गियरबक्स दिइएको छ ।

३. रेनो क्वीडः एड्भान्स अटोमोवाइलले आधिकारीक रुपमा विक्री गर्दै आएको क्वीड भिविन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले विक्री गर्ने क्वीड आरएक्सटी (ओ)को मूल्य २६ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

फ्रेन्च निर्माताले भारतीय बजारलाई ध्यानमा राखेर उत्पादन गरेको क्वीडमा ९९८ सीसी क्षमताको इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ ।

क्वीडमा आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएलएस पाउन सकिन्छ । कम्पनीले यसको फ्रन्ट र रियर साइडलाई निक्कै आकर्षक बनाएको छ ।

रेनो क्वीडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध छन् ।

यसको इन्टेरियरमा नयाँ डिजाइनको ड्यास बोर्ड दिइएको छ । डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्टेयरिङ ह्वील, ट्राइबरमा लगाइएको लार्ज साइज ८.० इन्चको टचस्क्रिनले कारलाई उत्कृष्ट देखाएको छ ।


Back_to_top