देखियो होन्डाको नयाँ एड्भेन्चर मोटरसाइकल

काठमाडौं । होन्डा मोटरसाइकल इन्डियाले नयाँ मोटरसाइकल परिक्षण गरिरहेको तस्बिरहरु बाहिर आएका छन् । होन्डाले ‘एक्सआरई ३००’ एड्भेन्चर मोटरसाइकलको परिक्षण सुरु गरेको हो ।

विशेषत एड्भेन्चर मोटरसाइकल चाहनेको लागि कम्पनीले नयाँ आरएक्सई मोडल बजारमा ल्याएको हो । कम्पनीले ल्याउने नयाँ मोटरसाइकलले बीएमडब्लू जीएस ३१०, केटीएम ३९० एड्भेन्चर जस्ता मोडलसँग यसको सिधा प्रतिस्पर्धा हुनेछ ।

होन्डा अफ्रिकन टुइनबाट प्रेरित एक्सआरई ३०० ट्रेल राइडिङ क्षमता भएको मोटरसाइकल हो । होन्डाले यसमा लङ ट्राभल फ्रन्ट टेलिस्कोपीक सस्पेन्सन र पछाडि मोनोशक दिइएको छ ।

यसको लुक्सलाई आक्रमक देखाउन कम्पनीले अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिएको छ । हाइमाउन्ट एग्जस्ट, दुबै चक्कामा डिस्क ब्रेक, एबीएस जस्ता फिचर उपलब्ध रहने छन् ।

होन्डाले यसमा २९१.६ सीसी क्षमताको सिंगल सिलिण्डर, डिओएचसी, एयर कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले २६ एनएम टर्क र २७ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।


Back_to_top