बीवाइडीको ‘एटो थ्री’ले पायो फाइभ स्टार रेटिङ

काठमाडौं । चिनियाँ कार निर्माता बीवाइडीको इलेक्ट्रिक एसयूभी एटो थ्रीले फाइभ स्टार रेटिङ पाएको छ । एटो थ्रीले यूरो एनक्याप क्र्यास टेस्टहरूमा फाइभ स्टार सुरक्षा रेटिङ पाएको हो ।

राइट ह्यान्ड र लेफ्ट ह्यान्ड ड्राइभ कन्फिगरेसनहरूको सबै भेरियन्टहरूमा गरिएको मूल्यांकनका आधारमा यूरो एनक्यापले एटो थ्रीलाई फाइभ स्टार सुरक्षा रेटिङ दिएको हो ।

युरो एनक्यापले गरेको बेस एक्टिभ ट्रिम परीक्षणमा एटो थ्री सबै सुरक्षा सुविधाहरूले सुसज्जित छ। एटो थ्रीले उक्त टेष्टमा एडल्ट अकुपेन्ट सुरक्षा परीक्षणमा ३८ अंकमा ३४.७ अंक पाएको छ ।

नेपालमा पनि बीवाइडी एटो थ्री यही शनिबार (असोज २९ गते) सार्वजनिक हुँदैछ । नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ८९ लाख ९० हजार रुपैयाँ तोकेर एटो थ्री सार्वजनिक गर्दैछ । बीवाइडीले भारतमा यसैसाता (मंगलबार) सार्वजनिक गरेको थियो ।

बीवाइडी एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ ।

अहिलेसम्म नेपालमा उपलब्ध बीवाइडीको कार मध्ये सबैभन्दा पावरफुल मोटर रहेको एटो ३ ले एक पटकको फुलचार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एक्सीलेरेसन पनि उत्कृष्ट रहेको छ । गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल ७.३ सेकेन्डमा भेट्टाउने छ ।

बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा तयार भएको एटो ३ कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन यसको सबैभन्दा सबल पक्ष हो । १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, अष्ट्रेलियन एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ यो कारको बलियो पक्ष हो ।

 


Back_to_top