काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले आगामी जनवरी २०२३ मा आयोजना हुने दिल्ली अटो एक्स्पोमा ६ नयाँ कार एक साथ प्रदर्शनी गर्ने भएको छ । भारतमा दोस्रो ठूलो कार विक्रेता रहेको हुन्डाईले सानो ह्याचव्याकदेखि ठूलो एसयूभीसम्म प्रदर्शनी गर्ने भएको हो ।
हुन्डाईले आफ्नो सर्वाधिक विक्री हुने मोडल क्रेटा एसयूभीको फेसलिफ्ट मोडल भारतमा प्रदर्शनी गर्नेछ । कम्पनीले यसमा थुप्रै नयाँ सुरक्षा फिचर र अगाडिको फेसिकामा ब्यापक परिवर्तन गरेर ल्याउने अनुमान गरिएको छ ।

कम्पनीले अटो एक्स्पोको मौका पारेर नयाँ जेनेरेशन भर्ना कम्प्याक्ट सेडान पनि सार्वजनिक गर्दैछ । साथै अटो एक्स्पोमा हुन्डाईले फेसलिफ्ट ग्राण्ड आई १० नियोस, आयोनीक ६, सानो इलेक्ट्रीक कार र नयाँ माइक्रो एसयूभी पनि प्रदर्शनी गर्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा पनि हुन्डाईका कारहरु निकै सफल मानिन्छन् । तर, पछिल्लो ८ महिनादेखि जारी आयात प्रतिवन्धको कारण कारको उपलब्धता लगभग सकिएको छ । यस्तोमा मंसिर २८ पछि आयात प्रतिवन्ध खुल्ने हो भने भारतमा देखाउने नयाँ मोडल चाँडै नेपाली बजारमा पनि आाउने अपेक्षा गर्न सकिन्छ ।


