काठमाडौं । इलेक्ट्रीक स्कुटरहरूमा आगो लाग्ने घटना रोकिएको छैन । केही दिनअघि फेरि भारतीय बजारमा इलेक्ट्रीक स्कुटरमा आगो लागेको छ ।
उक्त घटनामा चलिरहेको स्कुटरमा घटेको भारतीय मिडियाले उल्लेख गरेका छन् । जसमा चालकले आफ्नो इलेक्ट्रीक स्कुटरमा आगो लागेपछि स्कुटरबाट हामफाल्दा गम्भीर घाइते भएका छन्।
भारतको अनलाइन रिटेल सपिङ प्लेटफर्म बिग बास्केटका डेलिभरी ब्वाइले इलेक्ट्रीक स्कुटरमा अचानक आगो लागेपछि आफ्नो सवारी बीचमै छोड्नुपरेको थियो। घटना नोएडाको सेक्टर ७८ नजिकै सिभिटेक स्टेडियमको अगाडि भएको हो । उक्त घटनामा स्कुटर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। हालसम्म, राइडरले कुन कम्पनीको कुन स्कुटर चलाएको थियो बाहिर आएको छैन ।


