बीवाइडीले ‘याङवाङ’ ब्राण्डमा प्रिमियम कार ल्याउने, पहिलो मोडल अफरोड एसयूभी

काठमाडौं । इलेक्ट्रीक जाइन्ट बीवाइडीले आफ्नो प्रिमियम ब्राण्डको नाम ‘याङवाङ’ राखेको छ । कम्पनीले सन् २०२३ को पहिलो क्वाटरमा याङवाङ नामबाट आउने पहिलो इलेक्ट्रीक अफरोड एसयूभी सार्वजनिक गर्ने जनाएको छ ।

यही साताको मंगलबार एक कार्यक्रम आयोजनागरी बीवाइडीले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रीक ब्राण्डको घोषणा गरेको हो । कम्पनीले नयाँ प्रिमियम ब्राण्डमा उत्पादन हुने गाडीको मूल्य पनि सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम ब्राण्डमा उत्पादन हुने विद्युतीय गाडीको मूल्य १ लाख १० हजार २८७ डलरदेखि २ लाख ६ हजार ७६३ डलरसम्म कायम हुने जनाएको हो ।

सन् २०२२ को १० महिनामा १४ लाख क्लीन इनर्जी भेहिकल विक्री गर्न सफल बीवाइडीले ब्याट्री इलेक्ट्रीक र प्लगइन हाइब्रिड कारहरु उत्पादन गर्दै आएको छ । अक्टोबर २०२२ मा कम्पनीको मासिक बिक्री २ लाख यूनिट पार भएसँगै विश्वका ठूला कार निर्माताको सूचीमा बीवाइडीले आफुलाई स्थापित गर्न सफल भएको छ ।


Back_to_top