काठमाडौं । सेगवको नयाँ इलेक्ट्रीक स्कुटर ‘ई ११० एल’ नेपाली बजारमा सार्वजनिक भएको छ । आईहव प्रालिले नयाँ इलेक्ट्रीक स्कुटरको विक्री सुरु गरेको हो । यसलाई ईभी एक्स्पो २०२२ मा कम्पनीले देखाएको थियो ।
ई ११० एल स्कुटरमा अधिकतम २.४ किलोवाट पावर प्रदान गर्ने मोटर जडान भएको छ । साथै, सेगवेले ७२ भोल्ट २४ एम्पीयर पावरको ब्याट्री दिएको छ । यसलाई एक पटकको फुलचार्जमा ११० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दावी छ
सेगवे–नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सीङ्ग स्कुटर उत्पादन गरेर चर्चा कमाएको कम्पनी हो ।
सेगवेले नेपालीे बजारमा पहिलादेखि नै ई १०० र ई १२५ मोडलका स्कुटर विक्री गर्दै आएको थियो । नयाँ स्कुटरको रुपमा ई ११० एल नेपाल ल्याएसँगै कम्पनीसँग तीन मोडलका स्कुटर छन् ।
सेगवे ई ११० एलमा किलेस रिमोटर रहेको छ । यसमा इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टेलबक्सहरू सहित पुर्णतया किलेस सुविधा पाउन सकिन्छ ।
सेगवे ई ११० एलमा फोन होल्डर र मिररलाई सुरक्षित गर्न र अनाधिकृत चालहरू रोक्नको लागि ई–लक सुविधा र पार्किङ गरेपछि तुरुन्तै सवारी साधनलाई सहज रूपमा लक गर्न सकिने सुविधा रहेको छ ।
यसमा २७ लिटर क्षमताको स्टोरेज बक्स दिइएको छ जसमा सजिलैसँग दुईवटा हेलमेट राख्न सकिन्छ । यसका साथै सिट कुसन, यात्रुहरूका लागि लुकेको ब्याक रेस्ट, यूएसबी चार्जिङ पोट, साइड स्ट्याण्ड सेन्सर जस्ता फिचर दिइएको छ ।
आईहव प्रालिले ३ लाख ६५ हजार रुपैयाँ निर्धारण गरेर यो स्कुटरको विक्र सुरु गरेको हो ।

