काठमाडौं । टोयोटाले भारतीय बजारलाई मध्यनजर गर्दै मारुती सुजुकीसँगको सहकार्यमा बजारमा ल्याएको अर्वान क्रुजरको विक्री रोक्ने संकेत गरेको छ । टोयोटा इण्डियाले अर्वान क्रुजरलाई आफ्नो वेभसाइटबाट हटाएसँगै यो मोडलको विक्री बन्द गर्न लागेको अनुमान गरिएको हो ।
सन् २०२० को सेप्टेम्बरमा मारुती सुजुकी ब्रेजाको फ्रन्ट ग्रिलमा परिमार्जन सहित अर्वान क्रुजर बजारमा आएको हो । तर, २०२२ अक्टुवर महिनामा १ यूनिट पनि अर्वान क्रुजरको विक्री गरिएको छैन । विक्री नहुँनु र कम्पनीले वेभसाइटबाट पनि हटाउनुले यो मोडल बन्द भएको अनुमान गरिएको हो ।
टोयोटा अर्वान क्रुजरमा १.५ लिटर, ४ सिलिण्डर पेट्रोल इन्जिन दिएको थियो । यहि इन्जिन नयाँ जेनेरेशन ब्रेजामा समेत प्रयोग गरिएको छ । म्यानुअल र अटोमेटिक दुई गियरबक्स अप्सनमा उपलब्ध अर्वान क्रुजरको इन्जिनले १०३ ब्रेकहर्स पावर तथा १३८ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।


