काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी याडियाले इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले इटालीको मिलानमा भइरहेको (इआईसीएमए) अटो शोमा इलेक्ट्रीक मोटरसाइकल प्रशर्दन गरेको हो ।
याडियाले नेकेड स्पोर्टस डिजाइनको इलेक्ट्रीक मोटरसाइकल प्रदर्शन गरेको हो ।
कम्पनीले ‘याडिया भीएफडी’ नाम दिएको इलेक्ट्रीक मोटरसाइकलमा ५.५ किलोवाट रेटेड र १० किलोवाट पिक पावर क्षमताको मोटर दिएको छ । यो मोटरले २८० एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ भने शून्यदेखि ५० को स्पीड ४ सेकेन्डमा पूरा गर्छ ।
याडियाले यो मोटरसाइकलमा ७२ भोल्ट ३२ एम्पीयर आवरको दुई लिथियम आयन ब्याट्री प्याक दिएको छ । यसलाई एकपटक फुलचार्ज गरेर १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा इर्भटेड र रियरमा मोनेशक सस्पेन्सन दिइएको छ भने यसको दुवैै ह्वीलमा डिस्क ब्रेक उपलब्ध छ । कम्पनीले यसमा एबीएस तथा सीबीएस दुवै सुरक्षा फिचर दिएको छ ।


