काठमाडौं । टाटा मोटर्सले नेपालमा विक्री गर्दै आएको नेक्सन ईभीले गराएको रेन्ज टेष्ट प्रतिस्पर्धामा प्रथम हुने चालकले ३४७ किलोमिटर रेन्ज दिएको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङले जारी गरेको विज्ञप्तीमा नेक्सन ईभीले २२ किलोमिटर यात्रामा ६ प्रतिशत मात्रै चार्ज खपत गरेको र औषतमा ३४७ किलोमिटर रेन्ज प्रापत भएको जनाएको छ ।
‘नेक्सन ईभी रेन्ज टेस्ट २०२२’ नाम दिइएको यस प्रतियोगीतामा नेक्सन ईभी हुने ग्राहकहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा काठमाडौंका सलिम श्रेष्ठले ६ प्रतिशत चार्जमा २२ किलोमिटर यात्रा पुरा गर्दै पहिलो स्थान हासिल गरेका थिए । उनले औषतमा ३४७ किलोमिटर रेन्ज प्राप्त गरेका थिए ।
त्यसैगरी समान ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो भएका थिए भने ३२१ किमि रेन्ज निकालेर तृप्ति सिंह र उदिप न्यौपाने तेस्रो भएका थिए । कार्यक्रममा सहभागी मध्ये १४ जनाले ३०० किमिभन्दा बढी रेन्ज निकालेको सिप्रदीको विज्ञप्तीमा उल्लेख छ ।
सिप्रदीले उत्कृष्ट ड्राइभिङ रेन्ज निकाल्न सफल चालक मध्ये प्रथम भएका सलिम श्रेष्ठलाई पदक र प्रमाण पत्रको साथमा ४३ इन्चको सामसङ स्मार्ट एलईडी टिभी प्राप्त गरेका थिए ।
त्यसैगरी दोश्रो स्थान जित्न सफल भरत पुडासैनी र अनिश कावराले २८ लिटरको सामसङको ओभेन जितेका थिए । तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसङको भ्याकुमक्लिनर जितेका थिए ।

सिप्रदी ट्रेडिङको नैकाप कार्यालयबाट सुरु भएको रेन्ज टेष्ट प्रतियोगिता कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दरवारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो ।
३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको नेक्सन ईभीको एआरएआईले प्रमाणित गरेको रेन्ज भने ३१३ किलोमिटर हो ।


