दुई महिनापछि आउँदै किया सेल्टोसको फेसलिफ्ट मोडल

काठमाडौं । किया इन्डियाले आगामी जनवरीमा हुने अटो एक्स्पो २०२३ मा आफ्नो मिडसाइज एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले सन् २०१९ मा पहिलो पटक बजारमा ल्याएको सेल्टोसको फेसलिफ्ट मोडल ल्याउन लागेको हो ।

भारतीय बजारमा सार्वजनिक भएको केही समयपछि नै किया सेल्टोस फेसलिफ्ट नेपाल आउने छ । तर, त्यसको लागि नेपाल सरकारले लगाएको आयात प्रतिबन्ध खुल्ला हुनु पर्छ ।

कियाले दक्षिण कोरियामा केही समय अगाडिबाटै सेल्टोस फेसलिफ्ट विक्री गर्न थालिसकेको छ । कियाले दक्षिण कोरिया बाहिर पहिलो पटक अमेरिकी बजारमा फेसलिफ्ट सेल्टोस यही हप्ता लन्च गर्ने तयारी गरेको हो ।

किया सेल्टोस फेसलिफ्टमा ठूलो साइजको ग्रिल सहितको अपडेटेड फ्रन्ट फेसिया रहने छ । यसमा थपिएको इलुमुनेटेड एसेन्टले अगाडिको लुक्स अझै प्रिमियम बनाउने छ । नयाँ सेल्टोसको टेललाइट पनि इन्टर कनेक्टेड स्टीप लाइट सहितको डिजाइन उपलब्ध हुनेछ ।

सेल्टोसको क्यावीनमा १०.२५ इन्चको मुख्य इन्फोटेन्मेन्ट सिस्टम तथा १०.२५ इन्चकै अपडेटेड डाइभर इन्फर्मेसन डिस्प्ले दिइने छ । क्यावीनको एसी भेन्ट तथा अन्य स्थानमा केही परिवर्तन भएको देख्न पाइने अपेक्षा गरिएको छ ।

भारतमा बन्ने सेल्टोसमा कियाले हाल प्रयोग गर्दै आएको १.४ लिटरको जीडीआई टर्बो पेट्रोल, १.५ लिटरको स्मार्टस्ट्रीम पेट्रोल र १.५ लिटर डिजेल इन्जिन अप्सन उपलब्ध हुनेछ ।


Back_to_top